Logo बैशाख ५, २०७८ आइतबार


नेपाल–भारत नियमित उडान खुला

काठमाडौं । नेपाल–भारत हवाई उडान अर्को साताबाट सुरु हुने भएको छ । कोरोनाका कारण लामो समयदेखि बन्द रहेको उडान अर्को साताबाट सञ्चालनमा आउने भएको हो ।

मन्त्रिपरिषद् बैठकको निणय अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट नेपाल–भारत हवाई उडानका लागि अनुमति दिने तयारी गरेको हो । नेपाल भारत उडानका लागि अनुमति दिने तयारी भइसकेको र १० दिनभित्र उडान शुरू हुने मन्त्रालयको भनाइ छ ।

हाललाई दैनिक काठामाडौं–दिल्ली दुई उडान गर्ने तयारी छ । नेपाल र भारतका एक र एक वायुसेवा कम्पनीलाई उडानका लागि अनुमति दिने बताइएको छ । त्यसपछि आवश्यकताका आधारमा उडान संख्या वृद्धि गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

भारत सरकारले नेपालाई एयर बबल अवधारणाका आधारमा उडान गर्न प्रस्ताव गरेको थियो । प्रस्तावलाई गत मंसीर १० गतेको मन्त्रिपरिषद्को बैठकले स्वीकार गर्ने निर्णय गरिसकेको छ । सोही निर्णयको आधारमा मन्त्रालयले भारतलाई एयर बबल अवधारणाको सकारात्मक रेस्पोन्स पठाउने तयारी गरेको हो ।

त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरण र उड्डयनसम्बन्धी भारतीय नियामक निकायबीच प्राविधिक सम्झौता हुनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय निकायबीच उडानसम्बन्धी मापदण्ड बनेपछि उडान शुरू हुने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।