Logo बैशाख ५, २०७८ आइतबार


बेल्जियमद्वारा पर्वत अस्पताललाई १ करोडको आधुनिक बेड

राजन पौडेल
पर्वत । अस्पतालले एक करोड मुल्यको आधुनिक बेड प्राप्त गरेको छ । बेल्जियमको युनिभर्सिटी हस्पिटल एन्टर्वेपले ४५ वटा अत्याधुनिक तथा विद्युतीय बेड उपहार स्वरुप उपलब्ध गराएको हो ।

पर्वत अस्पतालले यसै वर्ष ५० बेडको मान्यता पाउने प्रक्रिया सुरु भएपछि बेल्जियममा रहेका नेपालीको माध्यमबाट ती बेड पाउन सकिएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष गोविन्द पहाडीले बताउनुभयो । बेडको ढुवानीका लागि कुस्मा नगरपालिकाले सात लाख ४७ हजार रुपैयाँ उपलब्ध गराएको थियो ।

पर्वत अस्पतालको आवश्यकता र अस्पतालको अनुरोधपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, बेल्जियममा रहेका एनआरएनका कोषाध्यक्ष लोक दाहाल, लुम्बिनी गार्डेन फाउन्डेसनका अभियन्ता गोविन्द सुवेदी लगायतको पहलमा बेल्जियमको अस्पतालले ती कुनै पनि शुल्क नलिई उपलब्ध गराएको हो ।

राष्ट्रिय सभाका अध्यक्ष सहित सचिवालय र बेल्जियममा रहेका नेपालीको प्रयासबाट सामग्री पाउन सफल भएको पहाडीले बताउनुभयो ।आइतबार बेड अस्पतालमा आइपपुगेपनि नयाँ बन्दै गरेको भवनमा जडान गरिने जनाइएको छ ।

साथै बेड फिटिङ गर्न सहयोग दिएको युनिभर्सिटी हस्पिटलकै प्राविधिकहरूको टिम आउने र उनीहरूले औपचारिक रूपमा पर्वत अस्पताललाई हस्तान्तरण गर्ने कार्यक्रम रहेकोले केही महिनाभित्र बेड प्रयोगमा आउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।