अध्यक्ष ओली सचिवालय बैठकमा उपस्थित हुने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पार्टीको सचिवालय बैठकमा जानुहुने भएको छ । मंगलबारको सचिवालय बैठकमा आजको बैठकमा आफू उपस्थित नहुने संकेत गर्नुभएका ओली आजको बैठकमा सहभागि हुनु हुने भएको हो ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार (आज) १ बजे बैठक बस्ने प्रस्ताब गर्नुभए अनुसार आज नेकपाकाे बैठक बस्दै छ । मंगलबारको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले ‘यस्तो बैठककाे के काम’ भन्दै आफू नआउने बताउनु भएको थियो ।
प्रधानमन्त्रीले कार्यव्यस्तता कारण बुधबार बोलाइएको पार्टी सचिवालयको बैठकमा सहभागी नहुने जानकारी दिनु भएपनि अन्तिम चरणमा बैठकमा बस्ने तयारी गर्नुभएको हो । आफू निकट नेताहरुसँगको छलफलपछि ओली बैठकमा बस्न तयार हुनुभएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । ।