Logo बैशाख २, २०७८ बिहीबार


गैरकानुनी धन्धामा संलग्न म्यानपावरविरुद्ध वैदेशिक रोजगार विभागको कडाई (भिडियोसहित)

रुपा घिमिरे
काठमाडौं । वैदेशिक रोजगार विभागले गैरकानुनी धन्धामा संलग्न म्यानपावर कम्पनी विरुद्ध कठोर बन्ने नीति लिएकोे छ । विभागले फ्रि भिसा फ्रि टिकटका नाममा भइरहेका ठगीलाई पनि कारवाहीको दायरामा ल्याउने जनाएको छ ।

विभागले सरकारबाट अनुमति नै नलिई गैरकानुनी रुपमा नेपाली युवाहरुबाट चर्को शुल्क लिएर अनधिकृतरुपमा विदेश पठाउन खोज्ने म्यानपावर कम्पनीमाथि धरपकडका साथै कार्यालय शिल गर्ने, निलम्बन गर्ने भएको छ । विभागले सोमबार मात्रै तीन ठूला म्यानपावर कम्पनी एसओएस म्यानपावर सर्भिसेस प्रा.लि, होप इन्टरनेशन र डीडी ह्युमन रिर्सोस प्रालिलाई निलम्बन गरेको छ ।

निलम्बनमा परेका कम्पनीले ६ महिनासम्म कुनैपनि गतिविधि गर्न पाउने छैनन् । त्यस्तै फ्रि भिसा फ्रि टिकटका नाममा भइरहेका ठगीलाई पनि कारबाहीको दायरामा ल्याउने विभागले जनाएको छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण तत्कालीन समयमा नेपालबाट कामदार लैजान सम्बन्धित देशले नै रोक लगाएका थिए । म्यानपावर कम्पनीले आवदेन लिने र पैसा असुल्ने गरेको सूचनाका आधारमा पछिल्लो समय विभागले निगरानी र धरपकड अघि बढाएको हो ।

लकडाउन यता २ सय बढी म्यानपावर कम्पनीलाई कारबाही गर्नुका साथै ठगिएका कामदारलाई ६ करोड ५० लाख रकम फिर्ता गराएको विभागले जनाएको छ । त्यस्तै, वैध तरिकाले रोजगारीमा जान जानेहरुलाई सहज बनाउन वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्ने रकम विद्युतीय माध्यममा समेत जम्मा गर्न सक्ने व्यवस्था मिलाएको छ ।

भिडियाे:

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।