Logo माघ ३, २०७७ शनिबार


दाेहाेराे करकाे मारले निजी क्षेत्रकाे मनाेबल कमजाेर : व्यवसायी

काठमाडाैं । उद्योगी व्यवसायीहरुले प्रदेशमा लाग्ने करले निजी क्षेत्रको मनोबल कमजोर बनाएको भन्दै दोहोरो प्रकृतिका करलाई खारेज गर्न माग गरेका छन् । संघ र प्रदेशमा उस्तै किसिमका कर लगाउँदा दोहोरो करको मारमा परेकाले निजी क्षेत्रको मनोबल कमजोर भएको उद्योग व्यवसायीहरुले बताएका हुन् ।

उद्योग वाणिज्य महासंघका नवनिर्वाचिन पदाधिकारीहरुले बुधबार अर्थमन्त्रालयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेट गरी आफूहरु दोहोरो करको मारमा परेको भन्दै समस्या समाधान गरिदिन माग गरेका छन्। महासंघका अध्यक्ष शेखर गोल्छाले प्रदेशहरुमा लाग्ने कतिपय करले गर्दा निजी क्षेत्रको मनोबल खसेको बताउनुभयो । यसरी दुई सरकारबाट कर अशुली गर्नु कानून विपरित भएको उहाँले बताउनुभयो ।

यस्तै, देशको आर्थिक विकासमा कतिपय कानूनहरु बाधक रहेको पनि अध्यक्ष गोल्छाले बताउनुभयो । त्यसका लागि कुनकुन कानूनहरु परिमार्जन गर्नुपर्छ भन्ने सम्बन्धमा महासंघले छुट्टै प्रतिवेदन तयार गरी सरकारलाई सुझाव दिन लागेको पनि अध्यक्ष गोल्छाले बताउनुभयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिडको असरका कारण साना र मझौला उद्योग व्यवसायहरु बन्द हुने अवस्थामा पुगेको भन्दै त्यसतर्फ ध्यान दिन माग गर्नुभयो । उहाँले सरकारले निर्यातलाई अझबढी प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगाउन सरकारले प्रोत्साहित गर्नुपर्ने र निजी क्षेत्रलाई सरकारको पार्टनरको रुपमा हेर्न सुझाव उहाँकाे छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रप्रति सरकारको दृष्टिकोण सकारात्मक रहेको बताउनुभयो । निजी क्षेत्रलाई हतोत्साही तुल्याउने र मनोबल गिराएर उत्पादन, रोजगारी र आर्थिक वृद्धि जस्ता सपना सार्थक तुल्याउन सक्दैनौं भन्ने कुरा सरकारले राम्रोसँग बुझेको बताउनुभयो ।

कोभिडको प्रभावलाई केन्द्रमा राखेर बजेटमार्फत् वा मौद्रिक नीतिमार्फत् सम्बोधन गरिएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन भएन भन्ने विषयमा आफ्नो ध्यान केन्द्रित भएको पनि अर्थभन्त्री पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

बैंकमा काम गर्ने क्रममा नै कोरोना सरेको हुनसक्ने बरुवालको अनुमान छ ।

उमेरले ५० वर्षभन्दा कम भएकाहरु पनि गम्भीर अवस्थाका बिरामी छन् भने पनि उनीहरुलाई खोप लगाइने मापदण्डमा उल्लेख छ ।

देउवा नेकपा विभाजन भएमा पार्टीले बहुमत ल्याउने र आफूलाई पाचौं पटक प्रधानमन्त्री बन्ने मौका मिल्ने आँकलन गरिरहेका छन् ।

आपसी प्रेममा प्रगति हुनेछ । टाढाबाट मिठो खबर मिल्नेछ । आफन्त भेटघाटमा वैवाहिक प्रसंग चल्नेछ ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आज (शनिबार) प्रतिनिधिसभा विघटनविरुद्ध देशभरका नगर तथा गाउँपालिकामा विरोध प्रदर्शन गर्ने भएको छ…

हाल गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहेको छ भने बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको महाशाखाकाे…