Logo माघ ३, २०७७ शनिबार


प्रभावकारी काम गर्न कानून नै वाधक

काठमाडाैं । स्वास्थ्य सेवा सम्बन्धी धेरैवटा कानून भएर प्रभावकारी काम गर्न नसकिएको सरोकारवालाहरुले बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा भएको छलफलमा सारोकारवालाहरुले धेरै कानून भएर आपसमा बाझिँदा काम गर्न अप्ठेरो भएको बताएका हुन् ।

बुधबारको छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कामको प्रकृति हेरी धेरै ऐनलाई एकीकृत गर्न छाता ऐन बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । यस्तै छलफलमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले समान उद्देश्य भएका कानून र एक आपसमा बाझिएका कानूनलाई एकीकृत र संशोधन गर्नुपर्ने बताउनुभयो ।

समिति सभापति रामनारायण विडारीले कानूनको अपब्याख्या गरी बनाइएका नियमावली र निर्देशिकाले भ्रष्टाचारलाई बढाएको बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७५ सालमा बनेको जनस्वास्थ्य ऐनको आवश्यक मापदण्ड अहिलेसम्म नबनाएको भन्दै सांसदहरुले प्रश्न समेत गरेका छन् ।

बैठकमा नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले जनस्वास्थ्य सेवा ऐनले तीन वटै तहका सरकारका बीचमा समन्वयात्मक काम गर्ने भनिएपनि मन्त्रालयले अहिलेसम्म मापदण्ड नबनाउँदा अन्योल बढेको बताउनुभयो । मापदण्ड, निर्देशिका र कार्यविधि निर्माणमा मन्त्रालयले चासो नदेखाएको अधिकारीले बताउनुभयो ।

समितिले नेपालको स्वास्थ्य सेवा सम्बन्धी प्रयोगमा रहेका कानूनहरु र त्यस अन्तर्गत बनेका नियमावली, निर्देशिका आदेशहरुको अध्ययन गरिरहेको छ । सार्वजनिक सेवाको लागि बनेका ऐन अन्तर्गत बनेका नियमावलीको कारण जनताले सेवा भन्दा बढी दुःख पाएको भन्दै स्वास्थ्य सेवा अन्तर्गतका सरोकारवाला निकायका पदाधिकारीलाई समितिले छलफलमा बोलाएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

भूइँमा आरसिसी गरिएको छ भने माथिको भाग फलामको प्रयोग गरिएको छ ।

बैंकमा काम गर्ने क्रममा नै कोरोना सरेको हुनसक्ने बरुवालको अनुमान छ ।

उमेरले ५० वर्षभन्दा कम भएकाहरु पनि गम्भीर अवस्थाका बिरामी छन् भने पनि उनीहरुलाई खोप लगाइने मापदण्डमा उल्लेख छ ।

देउवा नेकपा विभाजन भएमा पार्टीले बहुमत ल्याउने र आफूलाई पाचौं पटक प्रधानमन्त्री बन्ने मौका मिल्ने आँकलन गरिरहेका छन् ।

आपसी प्रेममा प्रगति हुनेछ । टाढाबाट मिठो खबर मिल्नेछ । आफन्त भेटघाटमा वैवाहिक प्रसंग चल्नेछ ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आज (शनिबार) प्रतिनिधिसभा विघटनविरुद्ध देशभरका नगर तथा गाउँपालिकामा विरोध प्रदर्शन गर्ने भएको छ…