Logo माघ ३, २०७७ शनिबार


सांसद विशुंखेद्वारा २ अस्पतालकाे शिलान्याश

काठमाडाैं। प्रतिनिधिसभा सांसद पार्वती विशुंखेले दैलेखमा १५ शैयाका दुई अस्पतालको शिलान्याश गर्नुभएकाे छ । विशुंखेले गुराँस गाउँपालिकाको रतिखोला र नौमुले गाउँपालिकाको नौमुले अस्पतालको शिलान्याश गर्नुभएकाे हाे ।

देशभरी कुल लागत अनुमान ६ अर्बभन्दा बढी रकमबाट २ वर्ष भित्र एकै डिजाईनका ३ सय ९६ अस्पताल ५ देखि १५ शैयासम्मको निर्माण गरिने विशुंखेले बताउनुभयाे । उहाँले ५ शैयाको अस्पतालमा १ मेडिकल अफिसरसहित १२ स्वास्थ्यकर्मी, १० शैयाको अस्पतालमा २ मेडिकल अफिसर १७ जना स्वास्थ्यकर्मी र १५ सैय्याको अस्पतालमा ३ मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मी रहने व्यवस्था सरकारले गर्ने बताउनुभयाे ।

‘आधारभुत स्वास्थ्य सेवामा सबै जनताको पहुँच पुर्याउने उदेश्यले यो कार्यक्रम लयाईएको हो ।’ विशुंखेले भन्नुभयाे, ‘आधारभुत स्वास्थ्य उपचार नपाएर रोग लागेर कसैले पनि उपचार नपाउने अवस्था आउँदैन ।’

‘सरकारको यो जनमैत्री काम भएकाले यस्लाई समयमै निर्माण गरी द्रुत गतिमा जनतालाई सेवा दिनु पर्नेछ ।’ गुराँस गाउँपालिकाका अध्यक्ष खेम वलीले भन्नुभयाे, ‘गाउँमा अस्पताल निर्माण हुन लागेकाेमा स्थानीय खुशी भएका छन् ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

बेलायतको स्वास्थ्य मन्त्रालयका अनुसार हाल नयाँ प्रजातिका कोरोना संक्रमण पचास प्रतिशतले बढेको छ ।

भूइँमा आरसिसी गरिएको छ भने माथिको भाग फलामको प्रयोग गरिएको छ ।

बैंकमा काम गर्ने क्रममा नै कोरोना सरेको हुनसक्ने बरुवालको अनुमान छ ।

उमेरले ५० वर्षभन्दा कम भएकाहरु पनि गम्भीर अवस्थाका बिरामी छन् भने पनि उनीहरुलाई खोप लगाइने मापदण्डमा उल्लेख छ ।

देउवा नेकपा विभाजन भएमा पार्टीले बहुमत ल्याउने र आफूलाई पाचौं पटक प्रधानमन्त्री बन्ने मौका मिल्ने आँकलन गरिरहेका छन् ।

आपसी प्रेममा प्रगति हुनेछ । टाढाबाट मिठो खबर मिल्नेछ । आफन्त भेटघाटमा वैवाहिक प्रसंग चल्नेछ ।