Logo माघ ४, २०७७ आइतबार


सल्यानमा बस दुर्घटना : २२ जना घाइते, ६ काे अवस्था गम्भीर

फाइल तस्बिर

सल्यान । खारखोलामा भएको यात्रुबाहक बस दुर्घटनामा २२ जना यात्रु घाइते भएका छन् ।

नेपालगन्जबाट रुकुम पश्चिमको चौरजहरी जाँदै गरेको ना ४ ख ६७१५ नम्बर यात्रुबाहक बस कुमाख गाउँपालिका–२ खारखोलामा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बस सडकबाट ३० मिटर तल खसेको छ ।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिनुभयो । गम्भीर घाइतेहरूकाे थप उपचारका लागि नेपालगञ्ज पठाइएकाे यादवकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘बहुमतको निर्णय पार्टी निर्णय हुने भए पनि उहाँले बहुमतको निर्णय मान्दिनँ भन्नुभयो । बैठकमै आए पनि बीचमै छोडेर हिड्ने गर्नुभयो…

सरकारले घोषणा गरेको मध्यावधि निर्वाचनका बारेमा छलफल गर्न सबै दलका दुई दुई जना प्रतिनिधि पठाइदिन आयोगले सबै दलमा पत्राचार गरेको…

युवा संघको तेस्रो पूर्ण बैठक बुद्धनगरको क्वालिटी ब्यांकेटमा शुरु भएको हो ।

छोराहरुलाई पनि पढाइबाहेकका समयमा घरमा व्यस्त राख्न सके गलत सङ्गत तथा कुलतमा लाग्नबाट जोगाउन सकिने बताउछन् समाजशास्त्री शिवचरण चौधरी ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्ने बताउनुभएको छ ।

दुईजना स्वास्थ्यकर्मीलाई कोरोना खोप लगाएको केही घण्टामै एलर्जीको समस्या देखिएको बताइएकाे छ ।