Logo माघ ४, २०७७ आइतबार


नेपाल एसियामै धेरै भ्रष्टाचार हुने मुलुक भन्ने रिपोर्ट नै तथ्यहीन : अख्तियार

-रुपक कुलाल

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनले एसियाली मुलुकमध्ये नेपाल धेरै भ्रष्टाचार हुने देश भनेर रिपोर्ट सार्वजनिक गरेको छ । तर यो रिपोर्टलाई सरकारले स्वीकार गरेको छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत रिपोर्ट तथ्यहीन भएको ठहर गरेको छ ।

२४ नोभेम्बरमा ट्रान्सपरेन्सी इन्टरनेशनलले ग्लोबल करप्सन ब्यारोमिटर सार्वजनिक गर्दै नेपालमा ५८ प्रतिशत भ्रष्टाचार हुने गरेको र एक वर्षमा भ्रष्टाचार झन् बढेको उल्लेख गरेको थियो । एसियाली मुलुकमध्ये नेपाली जनताले सबैभन्दा बढी भ्रष्टाचार गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । त्यतिमात्र नभइ राष्ट्रपति तथा प्रधानमन्त्री, सांसद र सरकारी उच्च अधिकारीले पदको दुरुपयोग गरी भ्रष्टाचार धेरै बढेको रिपोर्टमा उल्लेख गरिएको छ ।

तर यो रिपोर्टलाई सरकारले भने स्वीकार गरेको छैन, खण्डन ख¥यो । यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक तथ्याङ्कलाई हेर्ने हो भने नेपालमा भ्रष्टाचारका उजुरी हरेक वर्ष बढिरहेको छन् । आयोगका अनुसार हरेक वर्ष २५ हजार उजुरी पर्ने गर्छन् त्यमध्ये गएको वर्ष ४ सय ४१ मुद्दा विशेष अदालतमा दर्ता भएका छन् । उजुरी अनुरुप आयोगले आफ्नो सक्रियता बढाउन नसकेको आयोगका प्रवक्ता तारानाथ अधिकारीको स्वीकारोक्ति रहेको छ ।

सरकारले जस्तै अख्तियारले पनि ट्रान्सपरेन्सीको रिपोर्टलाई स्वीकार गरेको छैन । एसियामै धेरै भ्रष्टाचार हुने गरेको तथ्यांक निकालेर विदेशी एक गैरसरकारी संस्थाले नेपाललाई बदनाम गर्न खोजेको अख्तियारको ठहर रहेको प्रवक्ता अधिकारीले बताउनुभयो ।

नेपालमा पछिल्ला वर्षहरुमा धेरै भ्रष्टाचारका उजुरी परेपनि तर एक विदेशी गैरसरकारी संस्थाको रिपोर्टलाई त्यति बहसको विषय बनाउन जरुरी नरहेको सरकारी अधिकारीहरुको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

‘बहुमतको निर्णय पार्टी निर्णय हुने भए पनि उहाँले बहुमतको निर्णय मान्दिनँ भन्नुभयो । बैठकमै आए पनि बीचमै छोडेर हिड्ने गर्नुभयो…

सरकारले घोषणा गरेको मध्यावधि निर्वाचनका बारेमा छलफल गर्न सबै दलका दुई दुई जना प्रतिनिधि पठाइदिन आयोगले सबै दलमा पत्राचार गरेको…

युवा संघको तेस्रो पूर्ण बैठक बुद्धनगरको क्वालिटी ब्यांकेटमा शुरु भएको हो ।

छोराहरुलाई पनि पढाइबाहेकका समयमा घरमा व्यस्त राख्न सके गलत सङ्गत तथा कुलतमा लाग्नबाट जोगाउन सकिने बताउछन् समाजशास्त्री शिवचरण चौधरी ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्ने बताउनुभएको छ ।

दुईजना स्वास्थ्यकर्मीलाई कोरोना खोप लगाएको केही घण्टामै एलर्जीको समस्या देखिएको बताइएकाे छ ।