नौबिसेदेखि नागढुंगासम्मको सडक ४ लेनको बन्ने

–रुपा घिमिरे
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने नागढुंगादेखि मुग्लिनसम्मको सडकखण्डमा पर्ने सडक स्तरोन्नति हुनुका साथै चौडा बन्ने भएको छ ।
पहिलो चरण अन्तर्गत नारायणगढ–मुग्लिन सडकको काम सम्पन्न गरेकोे योजनाले दोस्रो चरणमा गर्न लागेको सडक नौबिसेदेखि नागढुंगासम्म बजार क्षेत्रमा ४ लेनको र अन्य स्थानमा ३ लेनको बन्ने भएको हो ।
पृथ्वी राजमार्ग अन्तर्गत पर्ने नागढुंगादेखि मुग्लिनसम्मको सडकखण्डमा पर्ने सडक स्तरोन्नति हुनुका साथै चौडा बन्ने भएको छ । पहिलो चरण अन्तर्गत नारायणगढ–मुग्लिन सडकको काम सम्पन्न गरेकोे योजनाले दोस्रो चरणमा गर्न लागेको सडक निर्माण गुणस्तरीय, वातावरणमैत्री हुनुको साथै यात्रा अवधि छोटो हुने परियोजनाको दावी रहेको छ । निर्माणाधिन सडक बजार भएको क्षेत्रमा ४ लेनको र अन्य क्षेत्रमा ३ लेनको हुने नागढुंगा–मुग्लिन सडक परियोजनाका आयोजना प्रमुख अमृतमणि रिमालले जानकारी दिनुभयो ।
विश्व बैंकको लगानीमा बन्न लागेको सडक स्तरोन्नतिपछि स्थानीय उत्पादनलाई बजारीकरणमा थप प्रोत्साहन पुग्ने विश्वास लिइएको छ । ९५ किलोमिटर लम्बाई रहेको सडकको कुल लागत १७ अर्ब रुपैयाँ रहने अनुमान गरिएको रिमालले बताउनुभयो ।
२०२१ देखि शुरु हुने परियोजना ५ वर्षभित्र सम्पन्न हुने परियोजनाले जनाएको छ । सन् १९७४ मा निर्माण गरिएको राजमार्गको अधिकतम चौडाइ दुई लेनभन्दा सानो छ । काठमाडौं उपत्यका छिर्ने मुख्य सडकलाई एसियाली गुणस्तर अनुरुप बनाउन माग भएबमोजिम सोही अनुरुप विकास गर्न लागिएको हो ।