Logo बैशाख ५, २०७८ आइतबार


चालक अनुमति पत्रकाे अनलाइन आवेदन खुला

काठमाडौं । कोरोना महामारीका कारण बन्द गरिएको सवारी चालक अनुमतिपत्रको आवेदन खुल्ने भएको छ । विश्वव्यापी महामारी रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएको अनलाईन आवेदन सरकारले सातै प्रदेशमा खुला गरेको हाे ।

बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सूचना प्रकाशित गर्दै अनलाइनमार्फत् फारम भर्न सकिने जनाएको छ।

सूचनामा उल्लेख भए अनुसार प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय र त्यस अन्तर्गत कार्यालयको माग अनुसार चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फारम खुला हुनेछ ।

आवेदन दिन इच्छुक व्यक्तिले प्रदेशको सम्बन्धित मन्त्रालय र यातायात कार्यालयमा गएर आवेदनका लागि सम्पर्क गर्न सकिनेछ । त्यसका लागि सरकारले सातै प्रदेशका विभागीय मन्त्रालयका सूचना अधिकारी र सम्बन्धित व्यक्तिको नम्बर उपलब्ध गराएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।