जन्ती बोकेको गाडी दुर्घटना, दुलाहदुलहीसहित १३ घाइते

कैलाली । विवाहको गाडी दुर्घटना हुदा १३ जना घाइते भएका छन् । बैतडीबाट जन्ती लिएर कञ्चनपुर जाँदै गरेको भीमदत्त राजमार्ग अन्तर्गत सुपप्र ०१००१ नम्बरको विङ्गर गए राति ११ बजेतिर कैलालीको गोदावरी नगरपालिका वडानम्बर ४ स्थित गाइमारामा हुँदा १३ जना घाइते भएका हुन ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटनामा दुलाहदुलहीसहित १३ जना घाइते भएका छन्। उनीहरुमध्ये चालकसहितका ४ जनाको अवस्था गम्भीर रहेको छ।
दुर्घटनामा कञ्चनपुरको बेलौरी नगरपालिका–३ का १४ वर्षीय विशाल चौधरी, सोही ठाउँ बस्ने २१ वर्षीय हरिश लुहार, बैतडी दोगडा केदार नगरपालिका–८ का १५ वर्षीय शर लावड, कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय बेहुला गोविन्द लुहार, दोगडा केदार नगरपालिका–६ का २० वर्षीय अर्जुन लुहार, कृष्णपुर नगरपालिका–३ का २६ वर्षीय गोरे लुहार, दोगडा केदार नगरपालिका–६ का २० वर्षीय डम्मरा लुहार, कञ्चनपुरको बेलौरी नगरपालिका–३ का निर्मल चौधरीका ६ वर्षीय छोरा प्रदिप चौधरी सहित सोही ठाउँका २५ वर्षीय राधा चौधरी, बैतडी दोगडा केदार नगरपालिका–६ का ५० वर्षीय लक्षी लुहार, कञ्चनपुर पुनर्वास नगरपालिकाका २१ वर्षीय राजु पार्की र सवारी चालक पुनर्वास नगरपालिका–२ का ३० वर्षीय वीरबहादुर सार्की घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिनुभयो ।
त्यस्तै, दुर्घटनामा घाइते हुनेमा ६ वर्षीय प्रदिप चौधरी, राधा चौधरी, राजु पार्की र सवारी चालक वीरबहादुर सार्कीको अवस्था भने गम्भीर रहेको प्रहरी नायव उपरीक्षक बिष्टले बताउनुभयो । गम्भीर घाइते प्रदिप चौधरी र वीरबहादुर सार्कीको धनगढीस्थित माया मेट्रो अस्पताल तथा राधा चौधरी, राजु पार्कीको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको बिष्टले जानकारी दिनुभयो । बिष्टका अनुसार विङ्गर सडकबाट २ सय मिटर तल झरेको थियो ।