Logo बैशाख ७, २०७८ मंगलबार


चियाको ट्रेडमार्क सम्झौता शुरु, नेपाली लोगोमै विश्व बजारमा चिया

भगीरथ भण्डारी
इलाम । चिया रोपेकोे एक सय ९७ वर्ष पछि नेपाली चियाको लोगो विश्वका दुई देश भारत र अमेरिकामा दर्ता भएको छ । दर्तासँगै विश्व बजारमा नेपाली चियाले प्रतिस्पर्धा गर्न सक्ने भन्दै चिया किसानलाई ढुक्क हुन चिया तथा कफी विकास बोर्डले किसानलाई आग्रह गरेको छ ।

चिया उत्पादनको एक सय ९७ वर्षपछि चियाको राजधानीमा नै चियाको लोगो सार्वजनिक गरिएको र १२ जना उद्यमीले ट्रेडमार्क पाईसक्नु भएको र चार महिनाको अन्तरालमा अमेरिका र भारतका चियाको लोगो दर्ता भएको चिया तथा कफि विकास वोर्डका निर्देशक विष्णु भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘भारत र अमेरिकामा नेपाली चियाको लोगो दर्ता भइसकेको भएपनि सम्झौताको हार्ड कपी आएको छैन । औपचारिक रुपमा हार्डकपी नआएपनि सम्झौता सम्पन्न भइसकेकाले चिया किसान ढुक्क हुँदा हुन्छ ।’

विश्व बजारमा नेपालको चिया नेपाली लोगोमा जान थालेपछि आउने दिनमा चियाको माग बढ्ने भएकाले यसको तयारी थाल्न किसानलाई भट्टराईले आग्रह गर्नुभएको छ । विश्व बजारमा नेपालबाट चियाको भन्दा कफीको वढी माग आउने गरेको छ । नेपालमा वार्षिक ६ मेट्रिक टन मात्र कफी उत्पादन हुने गरेको भएपनि १९ मेट्रिक टन कफीको माग रहेको र ५० हजार कफीका बिरुवा उत्पादन गर्ने किसानलाई समेत ५० प्रतिशत अनुदान दिने भट्टराईको भनाई छ ।

उहाँ भन्नुहुन्छ, ‘चियालाई विश्व बजारमा प्रतिस्पर्दा गराउन सक्ने गरी अघि बढ्नुपर्ने रहेको देखिन्छ । विश्व बजारमा चियाको जती धेरै माग बढ्छ उति नै धेरै गुणस्तरिय चिया उत्पादनमा किसान लाग्नु पर्ने हुन्छ ।’ तर सरकारी चिया बगान निजि क्षेत्रलाई हस्तान्तरण गरेपछि चिया क्षेत्रमा समस्या भएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताउनुभयो । बस्नेतले भन्नुभयो, ‘हाल समेत चिया मजदुर आन्दोलित हुनु पर्ने अवस्था भएकाले स्थानीय तहले संघाई ग्रुपलाई लिजमा दिएको चिया बगान फर्काउन कदम चालेपछि सम्बन्धित निकायले वास्ता नगर्दा मजदुरले समस्या भोगीरहेका छन ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन सरेको छ । बैैशाख २५ देखि २८ गतेसम्म तय भएको महाधिवेशन जेठमा…

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।