Logo बैशाख ६, २०७८ सोमबार


‘पुलिसको डण्डाले पेलिएका करङ अझै दुखिरहेका छन्’

काठमाडौं । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रहरीको डण्डाबाट पेलिएका आफ्ना करङ अझै दुखिरहेको उल्लेख गर्नुभएको छ । उहाँले तनहुँमा पुल उद्घाटनका क्रममा बुधबार प्रहरीले जबरजस्ती नियन्त्रणमा लिँदा डण्डाले पेलिएको करङको दुखाइ बढिरहेको बताउनुभएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता पौडेलले भन्नुभएको छ, ‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साँझ दुखेर आयो, हिजो भन्दा आज दुखाइ बढी छ ।’ उहाँले सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि प्रहरीको पेलनबाट छुटकारा पाउन नसकेको आरोप समेत लगाउनुभएको छ । नेता पौडेलले असली लोकतन्त्र कहिले साकार हुने भन्ने आफूलाई चिन्ता लागेको उल्लेख गर्नुभएको छ ।

ब्यास नगरपालिकामा निमिर्त पक्की पुल उद्घाटन गर्न गएका समयमा नेता पौडेललाई प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएको थियो। नेता पौडेललाई नियन्त्रणमा लिनेक्रममा प्रहरीले लाठीचार्जसमेत गरेको थियो। उहाँलाई तीन घण्टा नियन्त्रणमा लिएर छोडिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।