मसाला ब्रान्ड एमडीएचका मालिक गुलाटीको निधन

काठमाडौं । मसाला ब्रान्ड एमडीएचका मालिक धर्मपाल गुलाटी ‘महाशय’ को निधन भएको छ। बिहीबार बिहान ५ :३८ बजे ९८ वर्षको उमेरमा गुलाटीको निधन भएको हो ।
दिल्लीमा उपचाररत गुलाटीलाई बिहीबार बिहान हृदयघात भएको थियो। केही दिनअघि कोरोना भाइरस संक्रमण भएर उहाँ निको समेत भइसक्नुभएको थियो ।
१९२३ मा पाकिस्तानको सियालकोटमा जन्मनुभएका गुलाटी १९४७ मा भारत आएर अमृतसरमा एउटा शरणार्थी शिविरमा बस्नुभएको थियो । गत वर्ष मात्र उहाँलाई पद्म भूषणबाट सम्मान समेत गरिएको थियो ।