Logo बैशाख ६, २०७८ सोमबार


चार देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहदाका प्रमाणपत्र

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चार देशका राजदूतले बिहीबार आआफ्ना ओहदाका प्रमाणपत्र प्रस्तुत गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा थाइल्याण्ड, इजरायल, बङ्‍गलादेश र म्यान्माका राजदूतले राष्ट्रपतिसमक्ष ओहदाका प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

नेपालका लागि थाइल्याण्डका राजदूत भोसिटा भोरासाफ, इजरायलका राजदूत हनान गोडेर गोल्डबर्गर, बङ्‍गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी र म्यान्माका राजदूत सेन ओले ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन्।

समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवका साथै दुवै निकायका वरिष्ठ अधिकारीको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

हिजो मात्रै देशभर गरी संक्रमितको संख्या एक हजार नाघेको छ। काठमाडौं उपत्यकामा मात्रै पाँच सयको हाराहारीमा संक्रमण फैलिएको छ ।

धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर तथा ४८ फिटको बेश…