Logo बैशाख ६, २०७८ सोमबार


टोटेनहम नकआउट चरणमा

एजेन्सी । इंग्लिस क्लब टोटेनहम हस्टपर युरोपा लिगको नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ । बिहीबार राति अष्ट्रियन क्लब लास्कसँग ३–३ गोलको बराबरीमा रोकिएपनि टोटेनहमले अन्तिम ३२ मा स्थान पक्का गरेको छ ।

खेलमा अग्रता ४२औं मिनेटमा घरेलु टोली लास्कले पिटर मिकोरलको गोलमा लिएको थियो। पहिलो हाफको ईन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै ग्यारेथ बेलले खेल बराबरीमा ल्याएका थिए।

५६औँ मिनेटमा ह्युङ मिन सनले टोटेनहमलाई २ –१ ले अघि बढाएका थिए। खेल सकिन ६ मिनेट अघि घरेलु टोलीका जोहान्स एगेन्स्टीनले खेल २–२ मा पुर्‍याए।

डेली अलीले खेलको अन्तिम समयमा पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई जित नजिक पुर्‍याए। तर, इन्जुरी समयमा लास्कका ममौदो करमोकोले गोल गर्दै टोटेनहमसंग अंक खोस्न सफल रहे।

अब समूह विजेताको टुंगो लगाउन टोटेनहम र एन्टवर्पबीच अर्को साता खेल हुनेछ। समूहमा शीर्ष क्लब एन्टवर्पको १२ अंक छ। दोस्रो टोटेनहमको १० अंक छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…