Logo बैशाख २, २०७८ बिहीबार


छालाको चाउरीपन हटाउन अपनाउनुस यी ६ उपाय

छाला हाम्रो शरीरको एक महत्वपूर्ण ज्ञानेन्द्रिय हो । यसका धेरै काम हुँदाहुँदै सौन्दर्यको हिसाबले पनि छालालाई महत्वपूर्ण मानिन्छ । उमेर ढल्कँदै जाँदा छाला पनि विस्तारै चाउरी पर्दै जानु स्वभाविक हो तर आजभोलिको हावापानी, गुणस्तरहिन कृतिम सौन्दर्य सामाग्री, खानापान लगायतका कारण उमेरअघि नै केही मानिसका छाला चाउरी पर्न थालेको देखिन्छ । छाला चाउरी पर्न नदिन वा चाउरीन शुरु भएको छालालाई पुन पहिलेकै अवस्थामा ल्याउन सौन्दर्य विशेषज्ञहरुले विभिन्न उपाय दिएका छन् ।

यसरी हटाउन सकिन्छ छालाको चाउरीपन

–अनुहारलाई सफा गर्दा सँधै सफा पानी मात्र प्रयोग गर्नुपर्छ । प्रत्येक दिन बिहान–बेलुका अनुहार धुँदा गुणस्तरीय फेसवास, बेसनको पिठो वा दुधको तर प्रयोग गर्नाले अनुहारको चाउरीपन हट्दै जान्छ ।

–छाला स्वास्थ्य राख्नका लागि प्रशस्त मात्रामा भिटामिनयुक्त फलफुल, ताजा तरकारी, जुस, पानी पिउनुपर्छ । ओमेगा थ्रि जस्ता सप्लिमेन्ट्समा प्रशस्त मात्रामा भिटामिन, मिनेरल्सको मात्रा पाइन्छ । जसले छालालाई सुख्खा हुन दिँदैन र चाउरीपन हुनबाट बचाउँछ ।

–छालालाई सफा गर्दा नरगडिने गरी बिस्तारै सफा गर्नुपर्छ । अनुहार धुँदा अनावश्यक दबाब दिने वा रगड्ने गर्दा चाउरीपन देखिन सक्छ ।

– छालालाई स्वास्थ्य राख्न र चाउरीपन आउन नदिन प्रोटिनयुक्त खाना अथवा सप्लिमेन्ट्समा जोड दिनुपर्छ ।

–प्रशस्त मोश्चराइजयुक्त फेस क्रिम प्रयोग गर्नुपर्छ । छाला जति सुख्खा हुन्छ उति नै छिटो चाउरीपन देखापर्न थाल्छ । तसर्थ छालालाई जहिले नरम राख्नुपर्छ । ४० प्लसको एसपीएफयुक्त सनस्क्रिन क्रिम प्रयोग गर्नुपर्छ ।

–हाम्रो छालामा प्रत्येक २८ दिनको अन्तरालमा पुराना सेल मरेर नयाँ लेयर पलाउँछ । यस्ता मृत कोशिकालाई हटाउन साप्ताहिक रुपमा स्क्रब गर्ने गर्नुपर्छ । जसले मृत कोशिकालाई पूर्णरुपमा सफा गरी नयाँ कोशिकाको सुरक्षा गर्छ र छाला चम्किलो, मुलायम बनाउँछ । यो प्रकृयाले चाउरी पर्ने खतराबाट पनि बचाउँछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।