Logo माघ ९, २०७७ शुक्रबार


बौद्ध कथाहरूमा रामको चर्चा

थेरवादी बौद्धहरूको रामकथा हेर्ने हो भने ती कथामा दशरथ दशवटा रथवाला होइन, दश प्रकारका व्यसनको बानी परेको व्यक्ति छ ।

त्यसै कारण उसले आफ्नी प्रिय पत्नीसँग डराएर रामलाई वनमा पठायो । रामले पिताको वचन पालना गरे । बाह« वर्षपछि राम, लक्ष्मण र सीता अयोध्या फर्केर आए । अनि जब भरतले रामलाई राज्य सञ्चालनको लागि प्रार्थना गरे तर रामले त्यो कुरा स्वीकार गरेनन् । अन्तमा कैयौं मान्छेले आग्रह गरेपछि र भरतले थप अनुनय गरेपछि बल्ल राज्याभिषिक्त भए । अर्को एउटा रामकथा अनुसार ‘दशरथ बृद्ध थियो र जवान पत्नी कैकेयीको दास थियो । तैपनि उसलाई रामप्रति अपार माया थियो ।

त्यसैले उसलाई शंका थियो, कैकेयीबाट रामलाई खतरा पुग्न सक्छ । अतः उसले एक दिन एकजना ज्योतिषीलाई बोलाएर सोध्यो–‘भन म कति वर्ष वाँच्छु ?’ ज्योतिषीले हिसाब गरेर, कुण्डली लेखेर, ताराबल र चन्द्रबल बिचार गरेर दावीका साथ भन्यो–‘बाह« वर्ष बाँच्नुहुन्छ ।’

त्यसपछि दशरथले आफ्नो अधीनतामा रहने जंगली कबिलाहरू कहाँ रामलाई रहने–बस्ने प्रबन्ध ग¥यो र के भनेर जंगलमा पठायो भने–‘हे राम, यहाँ रहँदा तिमीलाई कुनै खतरा हुनसक्छ, अतः बाह« वर्षको लागि तिमी जंगली मान्छेहरू कहाँ रहेर फिर्ता आऊ ।

त्यतिखेरसम्ममा म मर्नेछु र यो राज्य तिमीले पाउनेछौ’ तर दशरथ तुरुन्तै म¥यो । तैपनि राम फिर्ता आएनन् । भरतले अनुनय–विनय गर्दा पनि आएनन्, बाह्र वर्ष पूरा भएपछि मात्र उनी फिर्ता भए ।’

यस्ता कथा मात्र होइन । थप, प्रारम्भमा रामकथा केवल वनवाससम्म सीमित थियो भन्ने पनि पर्याप्त प्रमाण पाइए । श्री एस्. वी. रामले घोषणा गरेका छन्– ‘चार हजार वर्ष पहिले बनेको राम–कथाको विषयमा ऐतिहासिक आधारहरू पाउनु निकै मुस्किलको काम हो ।
तैपनि राष्ट्रिय हितको लागि यसको समग्र अनुशीलन हुनु आवश्यक छ ।

पाण्डवहरूसँग सम्बन्धित कथाहरू त एउटै प्रकारका छन् तर रामकथा एकै प्रकारका छैनन् । त्यति मात्र होइन, रामकथा पूर्र्वी प्रदेशतिर लेखिनुभन्दा पहिले नै पश्चिम एशियामा खास गरी इरानमा रचना गरियो । तैपनि यी सब कथाहरूमा भारतमा रचित रामकथा सबभन्दा महान् छ ।’

त्यसो नभएर यदि रामायण महाकाव्य त्रेतायुगबाटै अर्थात् नौ लाख वर्ष पहिले नै वाल्मीकि महर्षिले लेखेको भए यो कुरा पाण्निि र पतञ्जलिलाई थाहा हुन्थेन ? यदि उनीहरूलाई यो कुरा थाहा थियो भने उनीहरूले रामको नाम किन लिएनन् ? सोभियत संघको सिरदर्या नदी र आमुदर्या नदीहरूका तटमा रहने डान र नीपर नदीहरूका तटमा फैलिएका आर्यहरूलाई अथवा जर्मनीमा रहने आर्यहरूलाई अहिलेसम्म रामायणको नाम पनि थाहा नहुने कारण के हो ?

यो कुरा साँचो हो, जुन रामकथा स्वयं वाल्मीकिले सुने र त्यसैलाई महाकाव्यको रूप दिए । त्यसैले उपर्युक्त प्रश्नहरूको उत्तर पाइएको छैन । चाहे कसैले कति नै घुमाई–फिराई वताओस् । चाहे कति नै नभएका कल्पना जोडोस् । तैपनि ‘यो रामायण महाख्यान इक्ष्वाकु राजबंशमा उत्पन्न कथाको रूपमा विख्यात छ’ भनेर स्वयं वाल्मीकिले भनेको कुरा कसैले
इन्कार गर्न सक्दैन ।

आर्य, दानव, राक्षस आदि गण र जातिहरूका बीचमा जुन झगडा भए, तिनैलाई ध्यानमा राखेर वाल्मीकि महर्षिले राम–रावण–युद्धको वर्णन गरे । रामायणमा वानरहरूको एउटा विशेष स्थान छ । श्रीरामसँग सम्झौता गरेर आफ्ना भाइ बालिलाई जुन सुग्रीवले मा¥यो, उसैको नेतृत्वमा सारा वानरहरू श्रीरामका सहयोगी बनेर खडा भए । वानरहरूले युद्ध गर्नु, आफ्नो पुच्छरले बेरेर पहाड उखेलेर शत्रुहरूमाथि फ्याँक्नु, समुद्र नाघ्नुजस्ता कल्पनाहरू विश्वास गर्न लायक लाग्दैनन् ।

तैपनि वानरहरू रामका सहारा बन्नु र विभीषणले आफ्नो दाजुसँग विद्रोह गरेर स्वार्थ पूरा गर्दै रामको पक्षमा पुग्नुले तत्कालीन परिस्थिति प्रकट गर्दछन् । यसले आर्य र आर्येतर जातिका बीचमा जुन संघर्ष भएका थिए, तिनीहरूमध्ये केही आर्येतरहरूले आफ्नै पक्षको विरुद्धमा विद्रोह गरेर आर्यहरूसँग हात
मिलाए ।

यदि यस्ता अनेक विभीषणहरू आर्यहरूका पक्षमा नमिलेको भए दानव, राक्षस जातिहरूलाई जितेर सिन्धुसभ्यताको केन्द्र बनेका प्रान्तहरू आफ्नो हातमा पार्न आर्यहरूलाई सम्भव हुन्नथ्यो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कानुन व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘असंवैधानिक तबरबाट लगेको प्रतिनिधिसभा विघटनको सिफारिस’ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेर…

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

नयाँ काममा लगानी बढ्नेछ । परोपकारमा मन जानेछ । सन्तानको सहयोग मिल्नेछ ।

सरकारकाे असंवैधानिक कदम अदालतले रोक्न सकेन भने अन्तिम निकायको रुपमा जनअदालतले नै छिनोफानो गर्ने पाैडेलकाे भनाइ छ ।

गणतन्त्रविरोधी केही तत्वहरु सलबलाई रहेका बेलामा ओली चुप बस्नुको अर्थ उनी पनि गणतन्त्रविरोधी भएकाे उहाँको भनाइ थियो ।

संविधान अनुरुप विधिको शासनमा नचलेकाले प्रधानमन्त्री ओली निर्वाचन नगराउनेतिर गएको आभाष भएको उहाँको भनाइ छ ।