Logo माघ ४, २०७७ आइतबार


सरकारविरुद्ध २९ मंसिरमा देशभर प्रदर्शन गर्ने काँग्रेसको निर्णय

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले मंसिर २९ मा सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ ।

पदाधिकारी र पूर्वपदाधिकारीहरुको आज बसेको बैठकले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुव्यर्वहार र धरपकडको भत्र्सना गर्दै सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो । बैठकमा नेता अर्जुननरसिंह केसीले सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउनुभयो ।

तनहुँ घटनाका साथै कोभिड–१९ रोकथाम तथा उपचारमा व्यवस्थापन नभएको र भ्रष्टाचारको मुद्दालाई लिएर २९ गते ७७ जिल्लामै प्रदर्शन गर्ने कांग्रेसले निर्णय गरेको हो । कांग्रेस बैठकले संघीय संसदको अधिवेशन छिटो बोलाउन सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

जटिलता र चुनौतीपूर्ण अवस्थामा सरकार आफ्नै दलको द्वन्द्वमा अलमलिएको भन्दै कांग्रेसले जनजीविकाका मुद्धाहरु उठाउन संसदको अधिवेशन छिट्टो बोलाउनुपर्नेमा जोड दिएको छ ।

पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा पार्टीको आन्तरिक विषयमा २७ केन्द्रीय सदस्यले उठाएको मुद्दाबारे छिटो सहमति खोज्ने समझदारी पनि भएको नेताहरुले बताएका छन् ।

फाइल फोटो

प्रतिक्रिया दिनुहोस्
विशेष

‘बहुमतको निर्णय पार्टी निर्णय हुने भए पनि उहाँले बहुमतको निर्णय मान्दिनँ भन्नुभयो । बैठकमै आए पनि बीचमै छोडेर हिड्ने गर्नुभयो…

सरकारले घोषणा गरेको मध्यावधि निर्वाचनका बारेमा छलफल गर्न सबै दलका दुई दुई जना प्रतिनिधि पठाइदिन आयोगले सबै दलमा पत्राचार गरेको…

युवा संघको तेस्रो पूर्ण बैठक बुद्धनगरको क्वालिटी ब्यांकेटमा शुरु भएको हो ।

छोराहरुलाई पनि पढाइबाहेकका समयमा घरमा व्यस्त राख्न सके गलत सङ्गत तथा कुलतमा लाग्नबाट जोगाउन सकिने बताउछन् समाजशास्त्री शिवचरण चौधरी ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्ने बताउनुभएको छ ।

दुईजना स्वास्थ्यकर्मीलाई कोरोना खोप लगाएको केही घण्टामै एलर्जीको समस्या देखिएको बताइएकाे छ ।