Logo बैशाख ६, २०७८ सोमबार


इरानद्वारा परमाणु क्षेत्रको निगरानीमा रोक

एजेन्सी । इरानले परमाणु गतिविधिलाई बढावा दिने किसिमको कानून संसदमा पारित गरेको छ । संयुक्त राष्ट्र संघका निरीक्षकहरुलाई आफ्ना परमाणु क्षेत्रको निगरानी गर्न रोक लगाउँदै इरानले परमाणु गतिविधिलाई बढावा दिने किसिमको कानून पारित गरेको हो ।

नयाँ नियम अन्तर्गत सरकारले २० प्रतिशतसम्म यूरेनियम सम्वर्धन गर्न पाउने अनुमति दिएको हो । जसलाई यसअघि २०१५ को आणविक सम्झौतामा ३.६७ प्रतिशतसम्म सिमित गरिएको थियो । २०१५ को उक्त सम्झौतामा इरानले आफूमाथि जारी आर्थिक प्रतिबन्ध खुकुलो पार्ने शर्तमा परमाणु गतिविधि सिमित गर्ने र अन्तर्राष्ट्रिय निरीक्षकहरुलाई पनि आउन दिने भएको थियो । तर, गत शुक्रबार देशका प्रमुख परमाणु वैज्ञानिक मोहसिन फखरिजादेहको रहस्यमयी हत्या पश्चात् इरानका सांसदहरुले नयाँ कानून पारित गरेका हुन् ।

इरानले सो घटनामा इजरायल र निर्वासित विपक्षी समुहको हात भएको हुन सक्ने बताइरहेको छ । उनीहरुले रिमोट कन्ट्रोल मार्फत फखरिजादेहमाथि हमला गरेको इरानले आरोप लगाएको छ । यसअघि इरानका राष्ट्रपति हसन रोहानीले यो कानून पारित भएमा यसले कुटनीतिक क्षति पुर्याउने हुनाले आफू यसको समर्थनमा नभएको बताएका थिए ।

इरानले आफूहरुको परमाणु गतिविधि शान्तिपूर्ण भएकोमा जोड दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

हिजो मात्रै देशभर गरी संक्रमितको संख्या एक हजार नाघेको छ। काठमाडौं उपत्यकामा मात्रै पाँच सयको हाराहारीमा संक्रमण फैलिएको छ ।