Logo माघ १०, २०७७ शनिबार


प्रतिवेदन सार्वजनिक गर्नु आयोगको गल्ती : तुलाधर

काठमाडौं । पूर्व शिक्षा मन्त्री गंगालाल तुलाधरले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आयोगकै सदस्यहरुले आफूखुशी सार्वजनिक गर्न नमिल्ने टिप्पणी गर्नुभएको छ ।आयोगले प्रतिवेदन सरकारलाई बुझाइसकेपछि आयोगको प्रयोजन नै समाप्त भएको अवस्थामा आयोगमा रहेका केही सदस्यहरुले प्रतिवेदन सार्वजनिक गर्न स्वतन्त्र नभएको बताउनुभएको हो ।

आयोगका अधिकांश सदस्यहरुले आज (शुक्रबार) प्रतिवेदन सार्वजनिक गरेपछि आयोगका सदस्यसमेत रहनुभएका तुलाधरले यस्तो टिप्पणी गर्नुभएको हो । शुक्रबारको एक कुराकानीमा पूर्वमन्त्री तुलाधरले सरकारले आफ्नो प्रयोजनको निम्ति आयोग बनाएको र आयोगले सरकारलाई प्रतिवेदन बुझाएपछि आयोगको प्रयोजन नै समाप्त भइसकेको बताउनुभयो । आयोगले दिएको प्रतिवेदन सरकारले जस्ताको तस्तै लागू नगर्न पनि सक्ने उहाँको भनाइ छ ।

आर्थिक व्ययभार बढाउने, जनशक्तिका प्रश्नहरु र अन्य किसिमका समस्यालाई हेरेर सरकारले सार्वजनिक गर्ने विषय भएको बताउनुभयो । सरकारले ४ सय ९८ पृष्ठ लामो प्रतिवेदन बाहिर सार्वजनिक नगरेपनि गत वर्ष ८४ पेज लामो सारांश सार्वजनिक गरिसकेको र त्यसलाई राष्ट्रिय शिक्षा नीतिको मूल दस्तावेजको भावनामा समेटेर सार्वजनिक भएको मान्नुपर्ने बताउनुभयो । त्यो कुरामा पनि सरकार इमान्दार नभएको भए विरोध गर्न पाइने तर आफूखुशी सदस्यहरुले प्रतिवेदन सार्वजनिक गर्ने कुरा उपयुक्त नभएको बताउनुभयो । सरकारले प्रतिवेदन सार्वजनिक नगरेर गल्तीगरेको छ भन्दैमा सदस्यहरुले आफै सार्वजनिक गरेर अर्को गल्ती नगरेको भए राम्रो हुने तुलाधरको भनाइ छ ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आज आयोगका अधिकांश सदस्यहरुले सार्वजनिक गरेका छन् । २०७५ असार २४ गते नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठन गरेको आयोगले २०७५ पुष २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ओलीको प्रतिगमनलाई चुनौति दिन ‘बृहत् नागरिक आन्दोलन’ ले बालुवाटार मार्च गर्न लागेको हो ।

शनिबार बिहान २ बजेतिर दश जनाको समूहमा आएका अज्ञात व्यक्तिहरूले चालकलाई गाडीबाट ओरालेर गाडीमा आगो लगाएको बताइएकाे छ ।

कावासोतीको भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

पछिल्लो समय निकै संक्रामक बन्दै गएको बेलायतमा कोरोना भाइरसको सक्रमणबाट एकैदिनमा १ हजार ८ सय २० जनाको मृत्यु भएको समाचारमा…

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताउनुभएको छ…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गर्ने हरेक भाषण व्यक्ति केन्द्रीत हुने र व्यक्तिका बारेमा टिका-टिप्पणी गरेर आफ्ना…