Logo माघ १०, २०७७ शनिबार


चार करोड ५७ लाख संक्रमणमुक्त, १५ लाख २३ हजारको मृत्यु

काठमाडौं । विश्वभरमा चार करोड ५७ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । शनिबार बिहानसम्ममा चार करोड ५७ लाख ७७ हजार चार सय ९५ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा ६ करोड ६१ लाख ८४ हजार एक सय सात जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १५ लाख २३ हजार तीन सय ११ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ८८ लाख ८८ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड ४७ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ८६ लाख ४३ हजारभन्दा बढी निको भएका छन् भने दुई लाख ८५ हजार चार सय १३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म ९६ लाख सात हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ९० लाख ५७ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ३९ हजार सात सय १४ जना पुगेको छ ।

नेपालमा हालसम्म दुई लाख ३८ हजार आठ सय ६१ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख २१ हजार आठ सय ४७ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार पाँच सय ६७ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

शनिबार बिहान २ बजेतिर दश जनाको समूहमा आएका अज्ञात व्यक्तिहरूले चालकलाई गाडीबाट ओरालेर गाडीमा आगो लगाएको बताइएकाे छ ।

कावासोतीको भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

पछिल्लो समय निकै संक्रामक बन्दै गएको बेलायतमा कोरोना भाइरसको सक्रमणबाट एकैदिनमा १ हजार ८ सय २० जनाको मृत्यु भएको समाचारमा…

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताउनुभएको छ…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गर्ने हरेक भाषण व्यक्ति केन्द्रीत हुने र व्यक्तिका बारेमा टिका-टिप्पणी गरेर आफ्ना…

काठमाडौं । शुक्रवार जनतासमाचार डट्कम मा ओलीको प्रतिगमनविरुद्ध दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन (लाइभ), अध्यक्ष दाहाल र भट्टराईबीच गोप्य भेटवार्ता, सुनुवाइकै…