Logo माघ १०, २०७७ शनिबार


हुम्लामा जिप दुर्घटना: ४ को मृत्यु, ७ घाइते

हुम्ला । जिल्लामा भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सिमकोट गाउँपालिका ७ डाडाफयाको जबुका नजिकै शुकबार भएको दुर्घटनामा एक जना बच्चासहित सात जना घाइते भएका छन् भने चार जनाको घटनास्थलमानै मृत्यु भएको हो ।

लु.२ च २१०२ नम्बरको बलेरो जिप हेप्काखोलाबाट बिरामी लिएर आउँदै गर्दा सिमकोट गाउँपालिका ७ को डाडाफयामा राति ११ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हाे । दुर्घटनामा एक जना महिलासहित चार जनाको मृत्यु भएको छ भने मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

घाईते हुनेहरुमा सिमकोट- २ ठेहेका जिप चालक सिंगम भण्डारी, सिमकोट- ६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट -८ खोल्सिकी कल्पना सिंह, सिमकोट- ८ खाल्सिका १ बर्षे बालक मिलन सिंह, सिमकोट – ८ खोल्सिकी सम्झना शाही नाम्खा गाउँपालिका -१ की झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कबि सिंह रहेका छन् ।

घाइतेहरुको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भिर रहेको र बच्चा सहित ५ जनाको अवस्था सामान्य भएको अस्पतालले जनाएको छ ।

बलेरो जिप मुल सडक भन्दा करिब ६सय मिटर दक्षिणमा खसेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताउनुभएको छ…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गर्ने हरेक भाषण व्यक्ति केन्द्रीत हुने र व्यक्तिका बारेमा टिका-टिप्पणी गरेर आफ्ना…

काठमाडौं । शुक्रवार जनतासमाचार डट्कम मा ओलीको प्रतिगमनविरुद्ध दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन (लाइभ), अध्यक्ष दाहाल र भट्टराईबीच गोप्य भेटवार्ता, सुनुवाइकै…

शनिवार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

सरसामान हराउन सक्नेछ । अनावस्यक धनखर्च हुनेछ । नयाँ काम आईपर्नेछ ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीले घुँडा नटेकेसम्म जनताले सडक नछोड्ने चेतावनी दिनुभयो ।