‘केही हप्ताभित्रै कोरोनाविरुद्ध खोप लगाउँछौं’

एजेन्सी । भारतले केही हप्तामा कोरोनाविरुद्धको खोप लगाउने भएको छ । शुक्रबार नयाँ दिल्लीमा आयोजित विपक्षी दलसँगको बैठकका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले केही हप्ताभित्रै सर्वसाधारणलाई कोरोनाविरुद्धको खोप लगाउन थालिने बताएका हुन् ।
बैठकमा मोदीले भारतीय वैज्ञानिकहरुले केही हप्तामानै कोरोनाविरुद्धको खोप शुरुवात गर्ने बताएको जनाएका हुन् । यसका लागि भारतीय वैज्ञानिकहरुले निकै मेहनत गरेको पनि विपक्षी नेताहरुलाई जानकारी गराएका छन् ।
खोप पहिलो चरणमा स्वास्थ्यकर्मीलाई लगाईने छ, कोरोनाको उपचारमा खटेका जनशक्ति, बृद्धबृद्धाहरु, र यसका बिरामीलाई लगाउने तयारी भएको समेत मोदीले बताएका हुन् ।