कतार भिसा सेन्टर मंसीर २५ देखि सञ्चालन हुने

काठमाडौं । कतार भिसा सेन्टर (क्युभिसी) मंसीर २५ देखि सञ्चालनमा आउने भएको छ । कोरोना महामारीका कारण बन्द रहेको महाराजगञ्जस्थित भिसा सेन्टरले अहिले अपोइन्टमेन्टका लागि बुकिङ खुल्ला गरिसकेको सामाजिक सञ्जालमार्फत जानकारी गराएको छ।
भिसा सन्दर्भ नम्बर र भिसा केन्द्रमा आवेदकको पासपोर्ट नम्बर, आवेदकको छनौट गरेको मिति र समय प्रयोग गरेर कतार भिसा सेन्टरले वेबसाइट मार्फत अपोइमेन्ट बुक गर्न सकिने जनाएको छ ।
भिसा सेन्टरले रोजगारीका लागि कतार आउने नेपाली कामदारको भिसा, स्वास्थ्य परीक्षण र कामदारको औंठा छाप सेवा दिनेछ साथै, सेन्टरमा कामदारले सक्कली करारपत्रमा हस्ताक्षर गर्ने प्रक्रिया पूरा गर्न पाउनेछन्।
यसैगरी, सेन्टरमा कागजात स्क्यानिङ, मेडिकल, बिमा र भिसा प्रोसेसिङका कामहरु पनि हुनेछन्। यसअघि ती सबै काम कतारमै हुने गरेको थियो। सेन्टर आइतवार देखि बिहिबारसम्म बिहान ८: ३० देखि साँझ ४ : ३० सम्म संचालन हुने जनाइएको छ ।