संक्रमितलाई रोग प्रतिरोधात्मक औषधि नि: शुल्क

फाइल तस्बिर
इलाम । इलाम नगरपालिका ७ ले कोरोना संक्रमितलाई नि: शुल्क रोग प्रतिरोधात्मक औषधि वितरण गर्ने भएको छ । होम आइसोलेसनमा र वडा कार्यालयभित्र रहेका आइसोलेसन कक्षमा रहेका संक्रमितलाई आयुर्वेदिक औषधि वितरण गर्न लागिएको हो ।
विभिन्न खालका रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका औषधि वितरण गरिने वडाध्यक्ष नरेश श्रेष्ठले बतानुभयो । उहाँले होम आइसोलेसनमा बसेकाको अवस्था बुझ्न घरघरमा जाने र चिकित्सकको टोलीसहित औषधि वितरण गरिनेसमेत जानकारी दिनुभयो ।
औषधि वितरणका लागि वडाभित्रका संक्रमितको पहिचान गर्ने कार्य भइरहेको छ । आयुर्वेदिक औषधिले अन्य असर नगर्ने, शरीरमा रोगसँग लड्न सक्ने क्षमता बढाउने खालका औषधि चिकित्सकको सल्लाह बमोजिम खुवाउने व्यवस्था मिलाइने वडाध्यक्ष श्रेष्ठको भनाइ छ ।
हाल इलाम नगरपालिका–७ जिल्लाभरिकै बढी संक्रमित रहेको वडा हो ।