ठाकुरप्रसाद लामिछानेको ‘चिल्लीबिल्ली’

काठमाडौं । ठाकुरप्रसाद लामिछानेको पहिलाे पुस्तक ‘चिल्लीबिल्ली’ प्रकाशित भएको छ । २०६२ सालको महाभुकम्पले निम्त्याएको मानवीय संवेदना र भौतिक क्षतिलाई समेटेर विश्लेषणात्मक शैलीमा पुस्तक मार्फत प्रस्तुत गरिएको छ ।
शिक्षण पेशामासमेत आबद्ध लामिछानेको पहिलो प्रकाशित कृति ‘चिल्लीबिल्ली’ मा भुकम्प पश्चात मानिसमा परेका पिडा, भौतिक रुपमा भएकाे क्षति, राहत बाड्दा तथा सर्वेक्षण गर्दा भएका कमजोरी र भुकम्प पश्चात् गरीब तथा पिछडीएका समूदायले भोग्नु परेको समस्या लगायतका विषयवस्तुलाई पुस्तकमा शुक्ष्म रुपमा विश्लेषण गरिएको छ ।
पुस्तक मार्फत भूकम्प गएको केही समयसम्म भूकम्पीय जोखिमका विषयमा विभिन्न चर्चा परिचर्चा हुने गरेको भएपनि समय बितेसंगै ठूला–ठूला भवनहरु बन्ने क्रम नरोकिने, भूकम्प प्रतिरोधी घर नबन्ने लगायतका कार्य दुःखद भएकाले यस बारे पनि पुस्तकले सचेत गराएको छ ।
नेपाल भूकम्पीय दृष्टीकोणले जोखिममा रहेको अवस्थामा भूकम्पबारे चेतना दिनुका साथै मानवीय तथा भौतिक क्षति कम गर्न पुस्तकले सघाउ पुर्याउने लेखक लामिछानेको विश्वास छ ।