आत्मघाती गोलमा रियल मड्रिडको जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साबिक विजेता रियल मड्रिडले संघर्षपूर्ण जित हात पारेको छ । शनिबार राति सेभियाको मैदानमा भएको खेलमा रियलले आत्मघाती गोलको मदतबाट जित निकालेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ५६ औं मिनेटमा सोभियाका गोलकिपर यासिन बोउनोउले आत्मघाती गोल गरे ।
रियलका मेन्डीको क्रस बल भिनियस जुनियरले टच गरेपछि यासिनलाई लाग्दै गोलमा परिणत भएको थियो ।
जितसँगै ११ खेलमा २० अंक जोड्दै रियल लिगको तेस्रो स्थानमा उक्लिएको छ । सेभिया १६ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ ।