Logo बैशाख ६, २०७८ सोमबार


४६ औं दीक्षान्त समारोहमा माथिल्लो तहका विद्यार्थीमात्रै

फाइल तस्बिर

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यसवर्षको दीक्षान्त समारोहमा पीएचडी, एम.फिल र गोल्ड मेडल प्राप्त विद्यार्थीलाई मात्र सहभागी गराउने भएको छ । कोरोनाको माहामारीका कारण माथिल्लो तह र गोल्ड मेडल प्राप्त सीमित विद्यार्थीलाई मात्र सहभागी गराएर त्रिवीले समारोह आयोजना गर्न लागेको हो ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले दीक्षान्त समारोहमा यसपटक पीएचडी, एम. फिल र गोल्ड मेडल प्राप्त विद्यार्थी गरी दुई सय जनाको सहभागितामा दीक्षान्त समारोह गरिने बताउनुभयाे ।

अगामी पुस ६ गते विश्वविद्यालयको ४६ औं दीक्षान्त समारोह आयोजना हुँदैछ । पुस सात गतेबाट स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीलाई शैक्षिक उपाधि वितरण गरिने जनाइएको छ । -गाेरखापत्रमा प्रकाशित छ 

प्रतिक्रिया दिनुहोस्
विशेष

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

हिजो मात्रै देशभर गरी संक्रमितको संख्या एक हजार नाघेको छ। काठमाडौं उपत्यकामा मात्रै पाँच सयको हाराहारीमा संक्रमण फैलिएको छ ।

धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर तथा ४८ फिटको बेश…