Logo बैशाख २, २०७८ बिहीबार


२३ करोड लगानीमा पहिलो चिया ‘टेष्टिङ’ केन्द्र इलाममा

भगीरथ भण्डारी
इलाम । कन्याममा चिया टेष्टिङ केन्द्रको निर्माण प्रक्रिया शुरु भएको छ । नेपाली चियालाई आफ्नै पहिचानमा विश्व बजारमा पुर्याउन चियाको नेपाली लोगो दर्ता भएसँगै टेष्टिङ केन्द्रको निर्माण शुरु भएको हो ।

चिया उत्पादनको एक सय ९७ वर्षपछि चियाको राजधानी मानिएको इलाममा चियाको लोगो सार्वजनिक गरेको एक महिना नबित्दै सूर्योदय नगरपालिकाको कन्याममा चिया टेष्टिङ केन्द्र निर्माणको प्रक्रिया अघि बढेको हो ।

चिया रोपणको लामो समयपछि एकै साथ दुई कामले गति लिएपछि इलामका चिया किसान हर्सित बनेका छन् । विश्वका दुईदेश भारत र अमेरिकामा लोगो दर्ता सम्झौता भई अन्य देशसँगको सम्झौता अघि बढिरहेको बेला चिया टेष्टिङ केन्द्रको निर्माण प्रक्रिया अगाडि बढेको हो ।

सूर्योदय नगरपालिकाको योजना अनुसार १ नम्बर प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा चिया टेष्टिङ केन्द्र बन्ने छ । २३ करोड रुपैयाँको लगानीमा निर्माण गरिने केन्द्रका लागि प्रदेश एक सरकारकाे ८० र सूर्योदय नगरपालिकाकाे २० प्रतिशत लगानीमा बन्ने भएको हो ।

नेपालमै पहिलो चिया टेष्टिङ केन्द्र निर्माणले स्थानीय स्तरका चिया बगानको संरक्षण गरेर गुणस्तरीय चिया विश्व बजारमा पठाउन केन्द्रले सहयोग पुग्ने प्रदेश नम्बर १ का भूमी व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री राम रानाले बताउनुभयो । एकसय ९७ बर्ष लामो चियाको इतिहास कायम गर्दै चियाको विश्व बजारमा निकासी र प्रवद्र्धका लागि तीन तहका सरकार एक साथ लाग्नु पर्ने रानाको भनाई छ ।

त्यसैगरी, चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. बिष्णु प्रसाद भट्टराईले चिया परिक्षण केन्द्रको स्थापनाले अन्तराष्ट्रिय बजारमा चियाको मार्केट प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नेपाली चिया योग्य रहेकोसमेत बताउनुभयो ।

सूर्याेदय नगरपालिकामा आठ हजारभन्दा बढी किसान चियामै आबद्ध छन् भने पाँच दर्जनभन्दा बढी चिया प्रशोधन उद्योग छन् । नेपालमा अर्थाेडक्स, अर्गानिक अर्थाेडक्स र क्रस टियर कर्ल (सिटिसी) चिया उत्पादन हुन्छ । यहाँ ह्वाइट, ग्रिन, इमरल, स्पेसियालिटी, ब्ल्याक र ओलङ गरी ६ प्रकारका अर्गानिक अर्थाेडक्स चिया उत्पादन हुन्छन् ।

नेपालमा वार्षिक ६ मेट्रिक टन मात्र कफी उत्पादन हुने गरेको भएपनि १९ मेट्रिक टन कफीको माग रहेको र ५० हजार कफीका बिरुवा उत्पादन हुने चिया तथा कफी बिकास बोर्डको तथ्याकं छ । बोर्डको २०७५/ ७६ को तथ्याकं अनुसार नेपालमा चिया २८ हजार सात सय ३२ हेक्टर क्षेत्रफलमा र कफी दुई हजार सातसय ६१ हेक्टर क्षेत्रफलमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…