Logo बैशाख १, २०७८ बुधबार


‘दि भ्वाइस अफ नेपाल सिजन ३’ अडिसन शुरु, यसरी दिनुहाेस् (भिडियाेसहित)

काठमाडौं । ‘दि भ्वाइस अफ नेपाल सिजन ३’ को अडिसन शुरु भएको छ । नेपालको नम्बर एक गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ को डिजीटल अडिसन गतहप्ताबाट शुरु भएको हो । अगिल्ला सिजनहरुमा करोडौं नेपालीको मन जीतिसकेको रियालिटी शोको प्रकाशन तथा प्रसारण हिमालयन टेलिभिजनले गर्दै आएको छ ।

१६ वर्ष उमेर पुरा भएका युवायुवतीदेखि ४५ वर्षसम्मका प्रतिभाहरुले रियालिटी शोमा भाग लिन पाउँने छन् भने डिजिटल अडिसनमार्फत आफ्नो गीतको भिडियो रेकर्ड पठाई आवेदन दिन सकिनेछ ।

अडिसनमा नेपाली नागरिकमात्र नभई नेपाली भाषामा गीत गाउन सक्ने नेपाली मूलका विदेशी वा विदेशी नागरिक पनि सहभागी हुन सक्नेछन् । यस्ता प्रतिभाहरु अडिसन दिन वा कार्यक्रममा सहभागीता जनाउनका लागि काठमाडौंमा भौतिकरुपमानै उपस्थित भने हुनुपर्नेछ ।

कसरी दिने अडिसन ?
१. ‘दि भ्वाइस अफ नेपाल सिजन ३’ को डिजिटल अडिसनमा सहभागी हुन ‘दि भ्वाइस अफ नेपाल’ को अफिसियल एप डाउनलोड गरी फारम भर्नुपर्छ । फारम भरेपछि मोबाइल मार्फतनै गीत रेकर्ड गरी पठाउनुपर्ने छ । गीत पठाएपछि अडिसनमा सहभागीताको प्रमाण स्वरुप आबेदनकर्ताले एउटा कोड प्राप्त गर्नेछन् ।

२. मोबाइल एपमार्फत अडिसन दिन असमर्थ भएको खण्डमा ‘दि भ्वाइस अफ नेपाल’को फेसबुक पेजमा गई म्यासेन्जरमा समेत भिडियो पठाउन सकिनेछ ।

३. डिजिटल अडिसनमार्फत सहभागी भएका प्रतियोगीमध्ये प्रतिभाको क्षमतापछि १०० जना मात्र ब्लाइण्ड अडिसनमा सहभागी गराइने छ भने अडिसन जनवरीको पहिलो साताबाट हिमालयन टेलिभिजनबाट प्रसारण हुने आयोजक टीमले जनाएको छ ।

भिडियाे

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…