Logo फाल्गुन १८, २०७७ मंगलबार


नेप्सेमा नकारात्मक सर्किट ब्रेक, कारोबार बन्द

काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा दुई घण्टामै कारोबार बन्द भएको छ । लगातार घटेर नकारात्मक सर्किट ब्रेक लागेपछि शेयर बजारमा कारोबार बन्द भएको हो ।

आज (आइतबार) को नेप्से ६ प्रतिशतले घटेपछि २ बजेर १३ मिनेटमा नकारात्मक सर्किट लागेर कारोबार बन्द हुन पुग्यो । कारोबारको शुरुबाट नै नकारात्मक मार्ग समातेको नेप्सेले ६ प्रतिश अर्थात् १ सय २३ अंकले घटेर १ हजार ९ सय ३२ दशमलव ११ विन्दुमा झरेको छ ।

निर्जीवन बीमाको शेयर ५ सय ६९ अंक, उत्पादनको ३ सय ६२ अंक, माइक्रो फाइनान्सको २ सय २४, व्यापारको १ सय ५९, जलविद्युतको ८६, होटलको ८१ र बैंकिङ समूहको शेयर ६४ अंक घटेको छ।

आइतबार शेयर बजारमा २० अर्बभन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।

मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गर्नुभयो ।

मन्त्रिपरिषदले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले २३ गते आइतबार ४ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गर्नुभएको छ ।

आफू हरेक परिस्थितिको सामना गर्न पूर्ण रुपमा तयार रहेको तथा आफ्नो स्वभाव, आचरण पूर्ण लोकतान्त्रिक भएको उहाँकाे दाबी छ।