Logo बैशाख ६, २०७८ सोमबार


अष्ट्रेलियाविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिज भारतलाई

काठमाडौं । भारतले घरेलु टिम अष्ट्रेलियाविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिज जितेको छ ।

सिड्नीमा आज भएको दोस्रो खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै भारतले तीन खेलको सिरिज आफ्नो बनाएको हो । अष्ट्रेलियाले दिएको १ सय ९५ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा मात्र ४ विकेट गुमाएर पुरा गरेको हो । भारतका लागि शिखर धवनले ५२ रनको अर्धशतकीय पारी खेले ।

यस्तै, हार्दिक पाण्डयले अविजित रहदै ४२ रन जोड्दा श्रेयस एयर १२ रनमा अविजित रहे । यस्तै, कप्तान विराट कोहलीले ४० तथा केएल राहुलले ३० रन बनाए । अष्ट्रेलियाका डानिल साम्स, एन्ड्रयु टे, मिचेल स्विपसन र एडम जाम्पाले समान १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो ।

अष्ट्रेलियाका लागि कप्तान म्याथ्यु वेडले ५८ रनको अर्धशतकीय पारी खेले । यस्तै स्टिभ स्मिथले ४६ रन जोड्दा मोइसेस हेन्रिक्सले २५ रन बनाए । ग्लेन म्याक्सवेलले २२ रन तथा मार्कुस स्टोनिसले अविजित १६ रन बनाए । भारतका टी नटराजनले २ तथा सार्दुल ठाकुर र युजभेन्द्र चाहलले समान १/१ विकेट लिए ।

जितसँगै अष्ट्रेलिया भ्रमणमा रहेको भारतले तीन खेलको सिरिजमा २–० को अग्रता समेत बनाएको छ । पहिलो खेलमा भारतले अष्ट्रेलियालाई ६६ रनले हराएको थियो । दुई टिमबीचको अन्तिम तथा तेस्रो खेल भने मंगलबार हुनेछ । यस अघि भएको एकदिवसीय सिरिज भने अष्ट्रेलियाले २–१ ले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

हिजो मात्रै देशभर गरी संक्रमितको संख्या एक हजार नाघेको छ। काठमाडौं उपत्यकामा मात्रै पाँच सयको हाराहारीमा संक्रमण फैलिएको छ ।