Logo बैशाख २, २०७८ बिहीबार


राजपुर बमकाण्डका अर्का आरोपी मोहम्मद महताव आलम भारतबाट पक्राउ

रौतहट । राजपुर बमकाण्डका आरोपी मध्येका एक मोहम्मद महताव आलम भारतको मातिहारीबाट पकाउ परेका छन्।
उनी टनाको मुख्य योजनाकार नेपाली कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमका भाइ हुन् ।

आलम भारतीय प्रहरीको समन्वयमा मोतिहारीबाट पक्राउ परेका हुन् । उनलाई रौतहट ल्याउन लागिएको प्रहरी नायब उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिनुभयो । आलमलाई आजै जिल्ला अदालत रौतहटमा बुझाइने सिंहले बताउनुभयो ।

२०६४ चैत २७ मा रौतहटमा भएक बम विष्फोटको घटनामा संलग्न उनी फरार रहेका थिए।

संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा आलमका काका शख इद्रिसको घरमा भएको विष्फोटका घाइते २० वर्षीय त्रिलोक प्रताप सिंह र २२ वर्षीय ओसी अख्तरलाई अफताव दाजुभाइसहितको टोलीले ईट्टाभट्टामा जिउँदै जलाएको आरोप छ।

प्रहरीले दाजु अफतावलाई २०७६ असोज २७ मा पक्राउ गरी मुद्दा चलाएपछि उनी पुर्पक्षका लागि थुनामा छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…