Logo असार ४, २०७८ शुक्रबार


लैङ्गिक हिंसाविरुद्धको अभियान : प्रभावकारी भएनन् कार्यक्रम (भिडियोसहित)

रुपा घिमिरे
काठमाडौं । नेपालमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान जारी छ । अभियान अवधिभर सामाजिक सञ्जालदेखि सडकसम्म ऐक्यबद्धता जनाउँदै विभिन्न कार्यक्रम गरिएका छन् तर हिंसाका घटना न्युनीकरण र वास्तविक पीडितले न्याय पाउन नसक्दा कार्यक्रम प्रभावकारी नभएको आरोप लाग्ने गरेको छ ।

नेपालमा हरेक वर्ष झैं महिलामाथि हुने हिंसाविरुद्धको अभियान ‘लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान’ चलिरहँदा महोत्तरीमा ६ वर्षीया बालिका गुलाव खातुनको बलात्कारपछि हत्या भयो । फरक लिङ्ग भएकै आधारमा महिला मात्र नभई दिनहुँजसो स–साना बालिकाहरु समेत हिंसा सहन बाध्य छन् । कतिपय हिंसाका घटना त बाहिर आउनै नदिई गुपचुप बनाइन्छ ।

नेपाल प्रहरीमा बर्सेनी दर्ता हुने मुद्दामध्ये ४० प्रतिशत लैङ्गिक हिंसासँग जोडिने गरेको तथ्यांकले देखाउँछ । अधिकारकर्मीले हिंसा न्युनिकरणका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरेपनि ती कार्यक्रमको प्रभावकारिता सतही मात्र हुने गरेको आरोप लाग्ने गरेको छ ।

गुलाब खातुन जस्तै बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त, बझाङकी सम्झना विक, एसिड प्रहारबाट घाइते मुस्कान खातुन जस्ताले अझै न्यायोचित न्याय पाउन सकेका छैनन् । महिलामाथि हुने हिंसा कम गर्न आवश्यक कानून निर्माणमा राज्य र राजनीतिकर्मी नै उदासिन बनेको सरोकारवालाहरुको आरोप छ । यद्यपि अधिकारकर्मी भने अभियानका कारण केही हदसम्म मानिसहरुमा जागरण आएकाले यसलाई सकारात्मक लिनुपर्ने बताउँछन् ।

विभिन्न गैरसरकारी संस्थाहरुले सञ्चालन गर्दै आएको यो अभियानमा गत वर्षदेखि सरकारले समेत साथ दिएको छ । महिलाविरुद्धका अपराध बढ्दै जाँदा नेपाल सरकारले पछिल्लो दुई महिनायता तीन अध्यादेश जारी गर्यो । अध्यादेशले हालको दण्ड र कसुरको दायरा फराकिलो बनाएको छ । तर अहिले भएका कानूनले नै आधारभूत रुपमा काम गर्न अप्ठेरो नहुने भएपनि स्थानीय तहको न्यायिक समितिले काम नै गर्न नसकेको सरकारी पक्षको गुनासो छ ।

सरकारीस्तरबाटै अभियान सञ्चालन भएपनि हिंसा न्युनिकरण भने भएका छैनन् । हिंसाविरुद्ध सबैको एक्येबद्धता आवश्यक छ ।

भिडियाे:

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…