महिनावारी हुँदा धेरै पेट दुख्छ ? यसो गर्नुहोस्

काठमाडौं । महिनावारी हुने बेलामा धेरै पेट दुख्छ ? महिनावारीबारेमा आवश्यक ज्ञान नहुँदा किशोरीले असजिलो महशुस गर्नुका साथै अप्ठ्यारो अवस्थाको समेत सामना गर्नुपरेको हुन्छ ।
धेरैजसो किशोरीहरुमा १३/ १४ वर्षदेखि १७ /१८ वर्षसम्मको समयमा महिनावारी नियमित हुने गरेको पाँइदैन । महिनावारीको समयमा कसैकसैलाई नियमित रक्तस्राव भइरहेको पाइन्छ भने कसैलाई कम रक्तस्राव हुनु यसलाई सामान्य प्रक्रियाको रुपमा लिने गरिन्छ ।
सुरुमा महिनावारी हुने बेलामा किशोरी अवस्थामा डिम्बाशयदेखि मष्तिस्कसम्मको पहुँच पूर्णरुपमा विकास भएको हुँदैन यसले महिनावारीको बेला बिभिन्न समस्या सिर्जना हुने गर्छ । यदि महिनावारी लामो समयसम्म भएन अथवा लगातार पाँच दिनभन्दा बढी रक्तस्राव भयो भने त्यस्तो अवस्थामा स्वास्थ्य परीक्षण गर्न जरूरी हुन्छ।
यस्तो बेलामा थाइराइडको समस्या छ कि छैन भनेर आवश्यक परीक्षण गराउनुपर्दछ। किशोरी अवस्थामा महिनावारीका बेला धेरै रक्तस्राव हुने समस्याबारे पर्याप्त ध्यान नदिए शरीरमा हेमोग्लोबिनको मात्रा कम भइ समग्र शारीरिक तथा मानसिक विकासमा समेत असर पर्छ। यसले गर्दा दिर्घकालमा विभिन्न स्वास्थ्य समस्यासमेत निम्तीन सक्ने जोखिम हुन्छ।
यदि ४–५ दिनभन्दा बढी समयदेखि लगातार रक्तस्राव भइरहेको छ, दैनिक ३–४ वटाभन्दा बढी प्याड प्रयोग गर्नु परेको छ र आफ्नो नियमित काममा समस्या भएको छ भने यस्तो बेलामा तुरुन्तै विशेषज्ञ चिकित्सक कहाँ पुगेर स्वास्थ्य परीक्षण गराइ आवश्यक परामर्श लिनु जरूरी हुन्छ। कतिपय ग्रामीण भेग र स्वास्थ्य सेवामा सहजै पहुँच नभएको ठाँउमा विशेषज्ञ चिकित्सक नभए पनि उपलब्ध स्वास्थ्यकर्मीसँग आफ्नो समस्याबारे परामर्श गरी स्वास्थ्य परीक्षण गराउन सकिन्छ।
महिनावारीको बेला पेट दुख्दैमा आत्तिहाल्नु पर्दैन।
महिनावारी भएको बेलामा पेट दुख्नु सामान्य लक्षण हो। किशोरी अवस्थामा महिनावारी हुँदा पेट दुख्नु नराम्रो लक्षण होइन। डिम्बाशयमा अण्डा बनेर फुट्ने क्रम चलिरहेको कारणले गर्दा पेट दुख्छ। जुन महिनामा अण्डा बन्ने र फुट्ने प्रक्रिया सुरू हुन्छ त्यो महिनामा बढी पेट दुख्ने गर्छ।
यसले किशोरीलाई एकदमै धेरै पीडा दिन्छ तर यो राम्रो संकेत हो। जुन किशोरीलाई महिनावारीको समयमा पीडा हुन्छ त्यस्ता किशोरीको प्रजनन क्षमता राम्रो हुन्छ,त्यसैले महिनावारीमा पेट दुख्नुलाई नराम्रो मान्नु हुँदैन। अण्डा बन्ने र फुट्ने प्रक्रिया नहुने महिलालाई महिनावारीको समयमा पीडा हुँदैन र महिनावारी समेत नियमित हुँदैन। त्यस्ता महिलाको दिर्घकालमा प्रजनन क्षमता त्यति सुखद् भएको पाइँदैन।
त्यसका लागि बेलेमै विशेष चिकित्सकसँग आवश्यक परामर्श र स्वास्थ्य परीक्षण गराएर भविष्यमा निम्तिन सक्ने जोखिमलाई हटाउन सकिन्छ। जुन महिलाहरूमा सुरूका दिनमा महिनावारीका बेला पेट नदुख्ने तर पछि पेट दुख्ने समस्या भयो र रक्तस्राव बढी हुन थाल्यो भने त्यो रोगको लक्षण हो। त्यस्तो अवस्थामा तुरुन्तै विशेषज्ञ चिकित्सकसँग परीक्षण गराउनुपर्छ।
यसो गर्नुहोस् कम हुन्छ दुखाई
१. तुलसीको पात र हट वाटर ब्याग
अनियमित महिनावारीको एकमात्र अचुक उपाय हो, तुलसी पत्ता सेवन । यसमा पाइने तत्वले तनाव कम गर्ने र हर्मोनको मात्रा सन्तुलन गर्न मद्दत पुर्याउने वैज्ञानिकले पत्ता लगाएका छन् । तुलसीले कोर्टिसोल हर्मोनलाई नियन्त्रण गर्छ जसले गर्दा महिनावारी नियमित हुन्छ ।
२.दुध
क्याल्सियमको निकै राम्रो स्रोत भएकोले महिनावारीको पीडालाई कम गर्न एक ग्लास दुध पिउने गर्नुहोस् ।
३.मेवा
महिनावारी भएको बेला मेवाको सेवन गर्नाले रक्त प्रवाह ठिक तरिकाले हुने गर्दछ र पीडा पनि कम हुने गर्दछ ।
४.गाजर
महिनावारी भएको बेला एक ग्लास गाजरको रस पिउनाले रक्त प्रवाह राम्रो तरिकाले हुने गर्दछ र पीडाबाट पनि राहत मिल्ने गर्दछ ।
५. घिउकुमारी
महिनावारी भएको बेला एक चम्चा महमा यसलाई मिसाएर खानाले भइरहेको पीडालाई कम गर्न सकिन्छ ।
६.तुलसी
पीडा भइरहेको बेलामा तुलसीको पातलाई चियामा मिसाएर खानुहोस् ।
७.तातो पानी
तातो पानीले नुहाउनाले रक्त प्रवाह राम्रो गरेर पीडा कम हुने गर्दछ ।
८.अदुवा
एक कप पानीमा अदुवालाई काटेर उमाल्नुहोस् । यदि यसको स्वाद मिठो लागेन भने थोरै नुन पनि हाल्नुहोस् ।
९.व्यायाम
हुन त हामीले दिन दिनै व्यायाम गर्नु जरुरी छ तर महिनावारीको पीडा भएको बेलामा व्यायाम अत्यावश्यक कुरा हो । उक्त प्रवाहलाई राम्रो गराउन व्यायामको निकै आवश्यकता पर्ने गर्दछ ।
१०.खजुर
बिहान हरेक दिन खाली पेटमा ५० ग्राम भिजाएको खजुर खाने पानी पनि लाभदायिक हुन्छ ।
१३. चुकन्दर
चुकन्दरको ताजा रस सानो गिलासको १ गिलास दैनिक बिहान १ महिना सम्म पिउनाले आइरन क्याल्सियम र अन्य मिनिरलसको मात्रा बढी पाइने हुँदा दुखाईलाई मद्दत पुग्दछ ।
१४. तातो पानीमा खुट्टा डुबाउनु
हरेक दिन बिहान र बेलुका आफ्नो दुवै खुट्टा तातो पानीमा डुबाउनुपर्दछ ।
१५. मालिस
एनिमा र पेट, कम्मर मालिस गर्नाले पनि पीडाबाट छुट्कारा पाउन सकिन्छ । एजेन्सी