Logo बैशाख ६, २०७८ सोमबार


बिवाहकै दिन भावुक बन्दै श्वेताले लेखिन यस्तो स्टाटस (तस्बिरसहित)

काठमाडौं । चर्चित अभिनेत्री श्वेता खड्का सोमबार विवाह बन्धनमा बाँधिएकी छिन् । विवाह बन्धनमा बाँधिएपछि उनले भावुक बन्दै सामाजिक सञ्जाल मार्फत स्टाटस लेखेकी छिन् । धनगढीका विजयेन्द्रसिंह रावतसँग उनी लगनगाँठोमा कसिएकी  हुन्। विवाहको कार्यक्रम काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्टमा आयोजना गरिएको थियो ।

कोरोनाको कहरका कारण कडा सुरक्षाका बीच उनको र विजयन्द्रको विवाह समारोह आयोजना गरिएको थियो भने विवाहमा दुबै तर्फका नजिकका सिमित व्यक्तिको मात्र उपस्थिती रहेको थियो ।

श्वेताको फेसबुक स्टाटस जस्ताको तस्तै
‘अनत्वगोत्वा : मैले  सिउँदोमा सिन्दुर भरें , हातमा सप्तरङ्गी चुरा लगाएँ अनी रङ्गिन पहिरन भित्र आफुलाई सजाएँ । मैले जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालें । मेरो यो यात्रामा मेरा सम्पुर्ण इष्टमित्र , आफन्तजन , गन्यमान्य ब्यक्तित्व , शुभचिन्तक लगाएत मलाई सँधै साथ र समर्थन गर्ने मेरा संचारकर्मी मित्रहरुको सुवेक्षा र आशिर्वादको खाँचो छ । मैले सुरु गरेको जिन्दगीको यो अर्को अध्यायमा अझै धेरै गर्न बाँकी छ । मैले नेपाली सिने जगतलाई मेरो शिरको सिन्दुर जस्तै अझै उच्च स्थानमा पुर्‍याउनु छ । निर्माणाधिन माझिटोललाई आज सँजिएको बिहेको मण्डप भन्दा पनि अझै सजाउनु छ । मैले थालेका ब्यावसायहरुलाई मेरो हातमा चम्किएका चुराहरु जस्तै चम्काउनु छ । मैले अझ धेरै काम गर्न बाँकी छ । थाती रहेका मेरा कार्यहरुमा थप उत्साह र उमंग बोकेर लागी पर्नेछु ।म थप शसक्त नारीको रुपमा तपाईहरुको सामुन्ने प्रस्तुत हुनेछु । आगामी दिनमा एकल महिलाको शसक्तिकरणमा केहि गर्न पाए हुन्थ्यो भन्ने सोच छ । त्यस्लाई साकार बनाउनको लागी म प्र यासरत रहनेछु । अत: मलाई तपाइहरु सम्पुर्णको साथ , साल्लाह , सुझावका साथै शुभ (आशिर्वादको आवस्यक्ता छ । हिजोका दिनमा भन्दा पनि आगामी दिनमा मैले सबैबाट अझ धेरै माया, सदभाव र साथ पाउने आशा बोकेकी छु ।’

तस्बिर

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

हिजो मात्रै देशभर गरी संक्रमितको संख्या एक हजार नाघेको छ। काठमाडौं उपत्यकामा मात्रै पाँच सयको हाराहारीमा संक्रमण फैलिएको छ ।

धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर तथा ४८ फिटको बेश…