Logo असार ४, २०७८ शुक्रबार


‘म नै बनाउँछु मेरो लागि अस्पताल’ अभियान शुरू

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा ‘म नै बनाउँछु, मेरो लागि अस्पताल’ भन्ने अभियान शुरु भएको छ । नगरभित्र बसोबास गर्ने विभिन्न क्षेत्रमा क्रियाशील युवाले सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको अस्पताल बनाउने परिकल्पनाका साथ अभियान शुरु गरेका हुन् ।

अभियानलाई अगामी दिनमा कसरी सार्थक र कार्यान्वयनमा लैजाने भन्ने ध्येयले आज पहिलो चरणको छलफल तथा भेला सम्पन्न भएको गुर्जुधारास्थित अन्तर्राष्ट्रिय भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टरका सञ्चालक रामनारायण घिमिरेले जानकारी दिनुभयो ।

प्रारम्भिक छलफलमा चन्द्रागिरि नगर प्रवक्ता हरिभक्त महर्जन, वडा नं १२ का वडाध्यक्ष प्रकाश श्रेष्ठ, वडा नं ७ का वडाध्यक्ष सञ्जय सिग्देल, राष्ट्रिय ट्रक यातायात महासङ्घका महासचिव राजेन्द्रविक्रम बानियाँ, युवा व्यवसायी राजेश घिमिरे, माधव अधिकारी, राजन श्रेष्ठ, युवा समाजसेवी, भुवन गिरी, पेशल खतिवडा, सञ्चारकर्मी रोशन दानी, श्यामसुन्दर पुडासैनी लगायतको उपस्थिति थियो ।

महासंघका महासचिव बानियाँले अस्पताल बनाउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…