Logo बैशाख ६, २०७८ सोमबार


मोरङका शिक्षक श्रेष्ठको हत्याको जिम्मेवारी प्रतिबन्धित नेकपा विप्लव समूहले लियो

काठमाडौं । मोरङमा हत्या गरिएका शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहले लिएको छ ।

मंगलवार साँझ विज्ञप्ति जारी गरि लामो समयदेखि सुराकी गरेको र सच्चिन गरेको आग्रह पनि नमानेपछि शिक्षक श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा उनको मृत्यु भएको विप्लव समूहले दाबी गरेको छ ।

मेची–कोशी ब्यूरो इन्चार्ज प्रतापले एक वक्तव्य जारी गर्दै भनेका छन्, “निज राजेन्द्र श्रेष्ठले २०७६ साल फागुन २६ गथे पार्टीको मेची–कोसी ब्यूरोको बैठकका क्रममा प्रहरी बोलाएर दमन गराएका थिए । उनले जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अप्रेसनसमेत सञ्चालन गराएका थिए । उनले जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अप्रेसनसमेत सञ्चालन गराएका थिए । २०७७ साल कात्तिक १२ गते ब्युरो इन्चार्ज बसेको स्थानमा प्रहरी अप्रेसन गराई ब्यूरो सदस्य कमरेड काशीराम घिमिरे र कमरेड विज्ञानलाई गिरफ्तार गराएको तथा पार्टीको महत्वपूर्ण सामग्रीसहित एकलाख रुपैयाँ लुट्न सघाउ पुर्‍याएका थिए ।”

विज्ञप्तिमा भनिएको छ,“साउनदेखि नै पटक पटक आफ्नो त्यसप्रकारको पार्टीविरोधी गतिविधि रोक्न, आफूलाई सच्याउन भनी सम्झाउन जाँदा पनि उग्र गतिविधि गरिरहेका थिए । उनलाई यसपटक पनि सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा निजको मृत्यु हुन गएको सम्बन्धित सबैमा जानकारी गराइन्छ । ”

मोरङको मिक्लाजुङ गाउँपालिका १ बिर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको शव घाँटी रेटेको अवस्थामा फेला परेको थियो ।

५४ वर्षीय शिक्षक श्रेष्ठलाई मंगलवार विहानै ६–७ जनाको समूहले घरबाटै अपहरण गरेर लगेको परिवार स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…