पसलैपिच्छे एलपी ग्यासको फरक मूल्य

डडेल्धुरा । जिल्लामा पसल अनुसार खाना पकाउने एलपी ग्यासको मूल्य फरक फरक लिने गरेको पाइएको छ । यहाँका ग्यास डिलरमा एक मूल्य तथा सव डिलरमा अर्को मूल्य लिइ ग्यास बिक्री वितरण गर्न थालेको उपभोक्ताले गुनासो गरेका छन् । पसलैपिच्छे ग्यासको फरक मूल्य लिन थालेपछि उपभोक्ता मारमा परेका हुन् ।
जिल्लाको बागबजार, तुफानडाडाँ कृतिपुर, विद्युतरोड र पोखरा बजारमा खाना पकाउने एलपी ग्यासमा रकम बढी लिई ग्यास बिक्री वितरण गर्ने गरेका कारण उपभोक्ता ठगिँदै आएको नागरिक दैनिकमा प्रकाशित छ ।