Logo बैशाख २, २०७८ बिहीबार


अभिषेकलाई जिल्ला स्तरीय पुरुष एकल उपाधी

नेपालगञ्ज । त्रिपुरासुन्दरीका अभिषेक गुरुङ्ग तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिताको जिल्ला स्तरीय पुरुष एकलको उपाधी जित्न सफल भएका छन् ।

तोप –२१को आयोजनामा भएको प्रतियोगिताको बुधबार सम्पन्न फाईनलमा अभिषेकले चौताराका सुरेन्द्र श्रेष्ठलाई २१–१९, २१–१५ ले पराजित गर्दै उपाधी उचालेका हुन् ।

अभिषेकले जितका साथै ट्रफी, मेडल, प्रमाण पत्र र नगद ३० हजार प्राप्त गर्ने छन् । यस्तै, उपविजेता सुरेन्द्रले नगद २० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

बुधबारनै सम्पन्न सेमिफाईनलमा अभिषेकले बलेफीका अजय तामाङ्ग माथि रिटायर्ड हर्टको आदारमा जित निकाल्दै फाईनल यात्रा तय गरेका थिए ।

पहिलो सेट २१–१७ ले पछाडी परेका अजय दोश्रो सेटमा ११–७ को अवस्थामा रहँदा घाईते हुन पुगे पछि खेल छोडेका थिए । यस्तै अर्को सेमिफाईनलमा चौताराका सुरेन्द्र श्रेष्ठले चौताराकै रमेश श्रेष्ठ माथि २१–१६, ११–२१, २१–१४ को जित निकाल्दै फाईनल यात्रा तय गरेका थिए । तेश्रो स्थान प्राप्त गरेका चौताराका रमेश श्रेष्ठ र बलेफीका अजय तामाङ्गले जनही नगद ५ हजार प्राप्त गर्नेछन् ।

त्यसैगरी पुरूष युगल तर्फ चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडी तथा त्रिपुरासुन्दरीका अभिषेक गुरुङ्ग र युवराज अधिकारीको जोडी फाईनल प्रवेश गरेका छन् ।

प्रकाश र रमेशको जोडीले बलेफीका अजय तामाङ्ग र राजकुमार तामाङ्गको जोडीलाई २०–२२, २१–१०, २१–७ ले तथा अभिषेक र युवराजको जोडीले चौतारका सुन्दर श्रेष्ठ र कैलाश घलेको जोडीलाई २०–२२, २१–११, २१–११ ले पराजित गर्दै उपाधी निकट पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…