Logo बैशाख २, २०७८ बिहीबार


भ्रष्टाचार विरुद्दको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं । आज डिसेम्बर ९, अर्थात् भ्रष्टाचार विरुद्ध अन्तर्राष्ट्रिय दिवस । संयुक्त राष्ट्रसंघको आह्वानमा ‘सदाचार साथ पुनरुत्थान’ भन्ने नाराका साथ भ्रष्टाचार विरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ ।

भ्रष्टाचारलाई जटिल सामाजिक, राजनीतिक र आर्थिक तत्व मानिन्छ, जसले देशलाई ठूलो असर गर्छ । भ्रष्टाचारले लोकतान्त्रिक संंरचना र संस्थालाई क्षति पुर्याउनुका साथै निर्वाचित सरकारलाई अस्थिर बनाउँछ र आर्थिक विकासमा सुस्तता ल्याउँछ ।

संयुक्त राष्ट्रसंघको महासभाले भ्रष्टाचार विरुद्ध संयुक्त रूपमा लड्न संयुक्त राष्ट्रसंघीय महासन्धि सन् २००३ मा पारित गरेको थियो । २००५ देखि लागू भएको यो महासन्धिलाई अनुमोदन गरिसँगै नेपालले पनि यो दिवस मनाउँदै आएको छ ।

महासन्धि अनुसार नै नेपालले सम्पत्ति शुद्धिकरण गठन गरेको छ। मुलुकमा हरेक वर्ष भ्रष्टाचार विरुद्धका विभिन्न कार्यक्रम हुँदै आएका छन् । तर, यति हुँदाहुँदै पनि नेपालमा भ्रष्टाचार न्यूनिकरण भने हुन सकेको छैन । केही समयअघि सार्वजनिक भएको ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनले त झन नेपालमा भ्रष्टाचार बढेको देखाएको छ ।

दिवसका अवसरका एक सन्देश दिनुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार हुनै नदिनु सरकारको प्राथमिकता भएको बताउनु भएको छ । उहाँले ठूलो वा सानो मात्राको वा ठुुलो वा सानो पदको वा जो सुकैले भ्रष्टाचार गरे पनि त्यो अपराध नै हुने र क्षम्य हुन पनि नसक्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…