मनकामना मन्दिर भक्तजनका लागि खुला

गोरखा । जिल्लास्थित मनकामना मन्दिर आइतबारबाट खुल्ने भएको छ । कोरोना महामारीका कारण गत चैतदेखि बन्द रहेको मन्दिर सुरक्षा मापदण्ड पालना गरी आइतबारबाट खुल्ला गरिने भएको हो ।
बन्द रहेको मन्दिरमा दैनिक पुजारीले पूजाआजा गर्दै आएका भएपनि भक्तजनका लागि रोक लगाइएको थियो ।