Logo बैशाख २, २०७८ बिहीबार


डाइस खेलिरहेका ४ जना पक्राउ

धनकुटा । साँगुरीगढी गाउँपालिकामा डाइस खेलिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । साँगुरीगढी–७ गोरखारीस्थित राईहरुको पर्व सरस्वती पूजामा डाइस खेलिरहेका ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा साँगुरीगढी गाउँपालिका–७ बस्ने २९ वर्षीय प्रतिभा राई, सोही गाउँपालिका–९ बस्ने २६ वर्षीय सुजन राई, सुनसरी धरान उपमहानगरपालिका–२० बस्ने २० वर्षीय प्रदिप राई र २४ वर्षीय मीनकुमार राई रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट एक लाख ६० हजार रुपैयाँ नगद र एक सेट डाइस बरामद गरेको छ । पूजामा डाइस खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।