Logo बैशाख २, २०७८ बिहीबार


थपियो सगरमाथाको उचाइ : किन र कसरी बढ्छ हिमालको उचाइ ?

काठमाडौं । मंगलबारबाट सर्वोच्च शिखर सगरमाथाको उचाइ फेरिएको छ । ८६ सेन्टिमिटरले बढेर सगरमाथाको उचाइ ८ हजार ८ सय ४८.८६ मिटर भएको छ । यो तथ्यले सगरमाथा मात्रै होइन नेपालका प्राय सबै हिमालको उचाइ बढेको संकेत गर्छ ।

भूभर्गविद्हरुका अनुसार नेपालका हिमालहरु नयाँ हुन् । जसको उचाइ हरेक वर्ष ४ खेखि ६ मिलिमिटरका दरले बढ्ने गरेको छ । केहि हिमालहरुको उचाइ त्यो भन्दा बढी १० देखि १२ मिलिमिटरका दर बढिराखेको भूगर्भविद्हरु बताउँछन् । उनीहरुका अनुसार नेपाल तिब्बतियन र इन्डियन प्लेटको बीचमा छ । र, यी दुई प्लेटको टकराव निरन्तर चलिराखको छ। यहि प्लेटको टकरावकै कारण हिमालय श्रृंखलाको निर्माण भएको थियो ।

भूगर्भविद्हरुका अनुसार यो श्रृंखला निर्माण हुनुपूर्व थाइल्याण्ड, बर्मादेखि सिक्किम, भुटान, नेपालहुँदै पाकिस्तान र अफगानिस्तानसम्म गहिरो र लामो टेथिस सागर थियो । यसले भारतीय उपमहाद्वीप र तिब्बतको प्लेटलाई भिन्न बनाएर राखेको थियो ।

हालको हिमालयको उत्पत्ति यही सागरबाट भएको हो । भारतीय उपमहाद्वीपको प्लेट र तिब्बतीयन प्लेटको बीचमा आपसी भौगर्भिक टक्करहुँदा बीचको टेथिस सागरको गहिरो भूभाग भौगर्भिक हलचल, भूकम्प तथा ज्वालामुखी विष्फोट हुँदै यी दुई अजंगका प्लेटको बीचमा परेर सगरमाथासहितका हिमालय श्रृंखला निर्माण भएका हुन् । र, अहिले यी नै प्लेटको टकरावका कारण यी नयाँ हिम श्रृखलाहरुको उचाइ बढ्दै गएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।

विभागको भूकम्पिय अनुसन्धान महाशाखा प्रमुख मोनिका झाका अनुसार इन्डियन प्लेट प्रत्येक वर्ष ४ सेन्टिमिटरका दरले तिब्बतीयन प्लेटतर्फ सरी राखेको छ ।

अध्ययन अनुसार इन्डिय प्लेट हरेक वर्ष दुई सेन्टिमिटर तिब्तियन प्लेट भित्र घुस्ने गरेको छ भने २ सेन्टिमिटर टुक्रिने गरेको छ । यहि कारण पहाड र हिमालहरुको उचाइ बढ्ने गरेको छ ।

नेपालमा बनेका हिमालहरु विश्वका अन्य देशको तुलानामा नयाँ हुन् । जो ५ करोड बर्ष पहिले मात्रै निर्माण भएका हुन् । योङ माउन्टेन भनेर चिनिने नेपालका हिमालहरु बढ्ने क्रममा रहेको भूगर्भविद्हरुको भनाइ छ । भूकम्पले यस्ता हिमालका उचाइ बढाउन र घटाउन मद्दत गर्दै आएको उनीहरु बताउँछन् । के त्यसो भए २०७२ मा गएको गोरखा भूकम्पले सगरमाथाको उचाइ बढाएको हो त ? भूगर्भविद् समेत रहेकी भूकम्पिय अनुसन्धान महाशाखा प्रमुख झा भन्छिन्– त्यो पनि केहि कारण होला तर, तर निरन्तर चलेको तिब्बतियन र इन्डियन प्लेटको टकरावका कारण उचाइ बढेको हो ।

भूर्गभविद् अनन्त गजुरेल पनि नेपालका हिमालहरु कुनै एक कारणले र कुनै एउटा घटनाले मात्रै नबढेको बताउँछन् । उनका अनुसार गोरखा भूकम्पको यसमा खासै ठूलो साइनो छैन् । पश्चिममा गएको भूकम्पले पूर्वमा यति ठूलो फरकपना नल्याउने उनको तर्क छ । निरन्तर चलिराखेको प्लेटहरुबीचको संघर्षको परिणाम स्वरुप सगरमाथाको उचाइ बढेको उनी बताउँछन् । हजारौं वर्षदेखि यो क्रम चलिराखेको र यहि कारण नेपालका अन्य हिमालहरुको पनि उचाइ बढेको उनको तर्क छ ।

भूगर्भविद्हरुका अनुसार नेपालमा छिटो छिटो भौगर्भिक परिवर्तहरु आइराखेका छन् । सगरमाथा र हिमालयहरुको उचाइ बढ्नु यसको प्रमाण भएको भूगर्भविद् गजुरेलको तर्क छ । उनका अनुसार नेपालका पहाड र नदीले पनि नेपालमा भौगर्भिक परिवर्तन चाडो चाडो भइराखेको प्रष्ट संकेत दिइराखेका छन् । २०/३० वर्षमै बद्लिएको नदिको बहाब, फरक बनेका पहाडहरु र अग्लिएका हिमालहरुले नेपाल भौगर्भिक अध्येताहरुका लागि जानकारी लिने र अध्ययन गर्ने प्रयोगशाला बनेको छ ।

सगरमाथाको उचाइ बढ्नु सामान्य विषय नभएको भूगर्भविद्हरुको तर्क छ । यसले नेपालका हिमाल पहाडको विकासक्रम प्रष्ट रुपमा झल्काएको उनीहरु बताउँछन् । उनीहरुको अध्ययनअनुसार नेपालमा अझै केहि सय वर्षसम्म हिमालहरु निरन्तर बढ्ने र यसको विकासक्रम चलिरहने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…