Logo बैशाख ५, २०७८ आइतबार


बिहीबारदेखि चिडियाखाना खुल्ने

काठमाडौं । लामो समयदेखि बन्द भएको काठमाडौंको सदर चिडियाखाना बिहीबार देखि खुल्ने भएको छ । कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि बन्द भएको चिडियाखाना विभिन्न स्वास्थ्य मापदण्ड पालना गरी खोल्न लागिएको हो ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निर्णय गरेपछि स्वास्थ्य मापदण्ड पालना गरेर खोल्न लागेको चिडियाखाना व्यवस्थापन प्रमुख डा.चिरञ्जीवी पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार चिडियाखाना बढीमा एकदेखि डेढ घण्टा मात्र घुम्न पाइने व्यवस्था गरिएको छ । चिडियाखानामा सकेसम्म भिड नहुने तरिकाले व्यवस्थापन गरेको उहाँको भनाइ छ ।

चिडियाखाना प्रवेशका लागि पहिले जस्तो लाइन लाग्ने झन्झट नभएको बताइएको छ । चिडियाखानामा बुधबार देखि नै अग्रीम टिकट काट्न सक्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।