Logo बैशाख ६, २०७८ सोमबार


छैटौं प्रदेश दर्पण सार्वजनिक

पुष्पराज अधिकारी 
मकवानपुर । वागमती प्रदेशसभा सचिवालयबाट प्रकाशन भएका दुई पुस्तक बुधबार सार्वजनिक गरिएको छ । सचिवालयबाट प्रकाशित ‘प्रदेशसभाबाट पारित विधेयक संग्रह (संशोधनसहित एकिकृत)’ र ‘टेलिफोन डाइरेक्ट्री’ सार्वजनिक गरिएको हो ।

प्रदेशसभा सचिवालयमा भएको पत्रकार सम्मेलनमा सभामुख सानुकुमार श्रेष्ठ र उपसभामुख राधिका तामाङले पुस्तक सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा प्रदेशसभा सचिव कृष्णहरि खड्काले प्रदेशसभाले अहिलेसम्म गरेका गतिविधिहरुका बारेमा जानकारी दिनुभयो । पहिलो अधिवेशनदेखि छैठौं अधिवेशनसम्म वागमती प्रदेशसभाको १७६ वटा बैठक बसेका छन् भने कार्यव्यवस्था परामर्श समितिको बैठक ७५ वटा बसेको छ ।

छैठौं अधिवेशनमा मात्रै २४ वटा प्रदेशसभा बैठक र ७ वटा परामर्श समिति बैठक बसेको छ । यो अधिवेशनमा १० वटा विधेयक र २ वटा अध्यादेश पारित भएको छ । कोरोना संक्रमणको महामारीको अवधीमा प्रदेशसभाले विषयगत समितिको बैठक र अन्तरक्रिया गरेको जनाईएको छ ।

त्यस्तै, भिडियो कन्फ्रेन्समार्फत कार्यव्यवस्था परामर्श समितिको बैठक, काठमाडैंमा गोष्ठी लगायतका काम भएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…