Logo बैशाख १, २०७८ बुधबार


किसानलाई ड्रागन फ्रुटको बिरुवा वितरण

चितवन । यहाँको इच्छाकामना गाउँपालिका वडानम्बर ३ ले किसानलाई बुधबार ड्रागन फ्रुटको बिरुवा वितरण गरेको छ । ५० प्रतिशत सहुलियतमा बिरुवा वितरण गरिएको वडाध्यक्ष गोवर्धन अधिकारीले जानकारी दिनुभयो ।

ड्रागन फ्रुटको परीक्षणका लागि मात्र एक किसानलाई बढीमा ८ बिरुवासम्म ५० प्रतिशत सहुलियतमा वितरण गरिएको उहाँले बताउनुभयो । सफल भएमा आगामी दिनमा यसलाई प्राथमिकताका साथ अघि बढाइने उहाँको भनाइ छ । अधिकारीका अनुसार १ सय ९० बिरुवा वितरण गरिएको छ । साथै किसानका लागि ड्रागन फ्रुट खेती गर्ने पद्धतिबारे अभिमुखीकरण कार्यक्रम सञ्चालनसमेत गरिएको उहाँले बताउनुभयो ।

यसैबीच वडाले १० किसानलाई जनही १/१ वटा हजारी पनि वितरण गरेको छ । दिसा र पिसाब छुट्याएर प्रयोग गर्ने ‘इकोसान शौचालय’ पद्धतिको तालीममा सहभागी किसानलाई हजारी निःशुल्क वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…