Logo बैशाख ५, २०७८ आइतबार


कोरोना संक्रमण बढ्दा सञ्चालित विद्यालय १० दिनका लागि बन्द

कञ्चनपुर । कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि शुक्लाफाँटा नगरपालिकाका विद्यालयहरुको पठनपाठन १० दिनका लागि बन्द गरिएको छ। नगरपालिकाको कार्यपालिकाको बैठकले मंसिर २५ गतेदेखि पुस ५ गतेसम्मका लागि सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

लामो समयदेखि बन्द भएको विद्यालय मंसिर २१ गतेदेखि सञ्चालन गरिएका थिए । वडा नम्बर ५ र ६ मा गरी आठ जनामा कोरोना भाइरसको संक्रमण हुनुका साथै एकको मृत्यु भएपछि नगरपालिकाले विद्यालयमा समेत संक्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गरी विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

कोरोना भाइरस समुदायस्तरमै देखिएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको छु, नगरपालिकाको शिक्षा शाखाका प्रमुख टिकेन्द्रप्रसाद भट्टले भने, ‘नगरपालिकाको निर्णयलाई बेवास्ता गरी प्रत्यक्ष विधिबाट कक्षा सञ्चालन गरे त्यसबाट हुने जोखिमको सम्पूर्ण जिम्मेवारी प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिले लिनुपर्ने छ।’

नगरपालिकाको निर्णयलाई बेवास्ता गर्दै नगर क्षेत्रका केही संस्थागत विद्यालय भने सञ्चालनमै रहेका छन् । यसअघि लामो समयदेखि अवरुद्ध पठनपाठन मंसिर २१ गतेदेखि पुनः सञ्चालन गर्ने नगर कार्यपालिकाले निर्णय गरेको थियो। विद्यार्थी संख्या, भौतिक पूर्वाधार र कोभिडको प्रभावलाई ध्यानमा राखी सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन भएका थिए।

त्यो बेला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट यसअघि जारी गरिएको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ को व्यवस्थाबमोजिम नगरपालिकाले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गरेको थियो।

शुक्लाफाँटामा हालसम्म १ सय २४ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये ९ जना मात्रै सक्रिय संक्रमित रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले जानकारी दिनुभयो। संक्रमितमध्ये दुई जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ।

बुधबार मात्रै कोरोना संक्रमितको सम्पर्कमा रहेका ५२ जनाको पिसीआर परीक्षणका लागि स्वाब संकलन गरी सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।